२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

जापानमा समुद्री आँधीका कारण एशियाली खेलकुदमा पनि असर

जापानमा समुद्री आँधीका कारण एशियाली खेलकुदमा पनि असर
सेयर गर्नुहोस्
०सेयर

जापानमा आएको शक्तिशाली सामुद्रिक आँधी ‘डुजुआन’का कारण एशियाली खेलकुद प्रतियोगिता पनि प्रभावित भएको छ ।

नागोया र आइची प्रिफेक्चरमा भइरहेका विभिन्न खेलका तालिकाहरू आँधीका कारण फेरबदल गरिएका छन् । जसअन्तर्गत आजका लागि तय गरिएको घोडचढीसम्बन्धी प्रतियोगिता भोलिका लागि सारेको आयोजकले जनाएको छ ।

एशियाली खेलकुदमा सहभागी झण्डै चार हजार खेलाडी तथा पदाधिकारीहरू अहिले ‘कोस्टा सेरेना’ नामक क्रुज जहाजमा बसिरहेका छन् । आँधीको प्रभाव त्यो क्षेत्रमा पुगेमा जहाजलाई तत्काल सुरक्षित स्थानमा सार्ने तयारी गरिएको छ ।

खतरा पूर्ण रूपमा टरेपछि मात्र जहाजलाई पुनः त्यही स्थानमा फर्काइने जापानी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । यसैबीच, जापानी टोलीका चिफ डे मिसन कोसेई इनोउले सम्भावित आपत्कालीन अवस्थाको सामना गर्ने विषयमा जापान ओलम्पिक कमिटीसँग निरन्तर बैठक भइरहेको जानकारी दिनुभएको छ ।

१३० किलोमिटर प्रतिघण्टाको गतिमा आएको यस आँधीका कारण खेलकुदबाहेक सयौँ उडानहरू रद्द हुनुका साथै बुलेट ट्रेन सेवा र अन्य ठूला कार्यक्रमसमेत प्रभावित भएका छन् ।

मौसमविद्हरूले भारी वर्षा र हावाहुरीको जोखिम कायमै रहेकाले सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।