त्रिपुरेश्वरमा आफ्नै बसमा आगो लगाउँदा घाइते भएका चालक दावा लामाको अवस्था गम्भीर रहेको छ।
२५ वर्षीय लामाको शरीरको करिब ९० प्रतिशत भाग जलेको कीर्तिपुर बर्न अस्पतालका चिकित्सकले बताएका छन्। उनलाई सोमबार दिउँसो करिब १ बजे उपचारका लागि अस्पताल पुर्याइएको थियो।
बा ५ ख ४२७४ नम्बरको सार्वजनिक बसमा चालक लामाले नै आगो लगाएको प्रारम्भिक जानकारी छ। उनले बसमा आगो लगाउनुको कारण भने खुलेको छैन। ट्राफिक प्रहरीसँगको विवादपछि आक्रोशित भएर घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेले बताएका छन्।









