२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

बाढी प्रभावित बालबालिकाका लागि चीनको १ करोड १० लाख सहयोग

बाढी प्रभावित बालबालिकाका लागि चीनको १ करोड १० लाख सहयोग
सेयर गर्नुहोस्
०सेयर

भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाको सहयोगका लागि चीनले नेपाललाई १ करोड १० लाख रुपैयाँ प्रदान गरेको छ।

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले सोमबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई मन्त्रालयमा सहयोग रकमको चेक हस्तान्तरण गरे।

चेक बुझ्दै मन्त्री पोखरेलले विपत्तिका बेला चीनले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि नेपाल–चीनबीच आवश्यक समन्वय र सहकार्य जारी रहने विश्वास व्यक्त गरे।
राजदूत चाङले बाढी प्रभावित बालबालिकालाई प्रत्यक्ष सहयोग पुग्ने उद्देश्यले रकम उपलब्ध गराइएको बताउँदै नेपालका सुख–दुःखमा चीन सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गरे।
यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।