कात्तिक १९, धादिङ ।

बैदेशिक रोजगारीको क्रममा अंग भंग साथै मृत्यु भएका परिवारका बालबालिकाहरुलाई धादिङबेसीमा छात्राबृत्ति वितरण गरीएको छ । बैदेशिक रोजगारको शिलशिलामा मृत्यु भई अभिभावक गुमाएका बालबालिकालाई आवश्यक पर्ने शैक्षिक छात्रबृत्ति प्रदान गर्ने सम्बन्धमा बैदेशिक रोजगार प्रवद्र्धन वोर्डको कल्याणकारी कोषबाट कामदारका छोराछोरीको शैक्षिक विकासका लागी छात्राबृत्ति वितरण गरीएको हो ।

अघिल्लो बर्ष निवदेन दिएका ९५जना अभिभावकका छोराछोरी मध्ये ७० जनाले छात्राबृत्ति पाएका हुन् । धादिङबाट बैदैशिक रोजगार प्रवद्र्धन बोर्डमा पठाएको विद्यार्थीको फाईल हराएको कारण गत बर्ष नै पाउनुपर्ने आवश्यक प्रक्रिया पुरा गरी पेश भएको ९५ जना मध्ये जम्मा ७० जनालाई मात्र शिक्षा कार्यलय मार्फत उपलब्ध गराउने गरी पठाईएको छात्रबृत्ति वितरण गरीएको हो ।

बैदेशिक रोजगार नियमावली, २०६४ को नियम ५२ को उपनियम २ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयले बनाएको कार्यविधि अनुसार जिल्ला शिक्षा कार्यालय धादिङले अभिभावक र उनका वालवालिकाहरुलाई बोलाएर वैदेशिक रोजगार प्रवद्र्धन वोर्डबाट प्राप्त ६लाख २० हजार रकम वितरण गरीएको सामी परियोजनाका कार्यक्रम अधिकृत दिल बहादुर रम्तेलले बताउनुभयो।

शिक्षा विकास तथा समन्वय ईकाइ निमित्त प्रमुख कृष्ण कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छात्राबृत्ति वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुखको विषेश आतिथ्य रहेको कार्यक्रममा गैरसरकारी संस्था महासंघका प्रदेश नम्बर ३ का उपाध्यक्ष दामदोर अर्याल,सिड्स धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेती लगायत पत्रकारहरुको सहभागीता रहेको थियो ।

चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज ९सिड्स० धादिङले श्रम तथा रोजगार मन्त्रालयको मातहतमा रहेर हेल्भेटास स्वीस ईन्टरकोअपरेशन नेपाल सँगको साझेदारीमा सञ्चालित सुरक्षित आप्रवासन ९सामी० परियोजना कार्यान्वयन गरीरहेको अवस्थामा मृतकका परिवारलाई छात्राबृत्तिको विषयमा जानकारी गराई आवश्यक प्रक्रियामा परिवारलाई सहयोग गर्ने कार्य गर्दै आएको छ ।
फोटोहरु हेर्नुहोस् :

 

 

Facebook Comments