
कात्तिक २० ।
पोखरा प्रिमियर लिगको उपाधिका लागि घरेलु टोलीपोखरा पल्टन र राष्ट्रिय क्रिकेट टोलीका कप्तानपारस खड्काले नेतृत्व गरेको चितवन राइनोज बीच प्रतिस्पर्धा हुँदै छ ।
आज हुने प्रतिस्पर्धाबाट उपाधि जित्नेमा दुवै टोली आशावादी र विश्वस्त छन् । लयमा फर्किएको चितवनले फाइनलमा लय दोहोर्याउने रणनीति बुन्नेछ भने पोखरा पनिलिग चरणमा चितवनलाई हराउँदै फाइनल सम्मको यात्रा तय गरेकाले उपाधि जित्नेमा विश्वस्त छ । पोखराका कप्तान शरद भेषावकरले लिग चरणमा चितवनलाई पराजित गरेकाले फाइनलमा पनि हराउने दाबी गर्नुभयो ।
चितवनका कप्तान पारस खड्काले पनि उपाधि जित्नेमा विश्वस्त रहेको टिप्पणी गर्नुभयो । क्विन्स इभेन्ट म्यानेजेमन्ट प्रालिको आयोजना तथा विभिन्न प्रायोजकको प्रायोजन रहेको पोखरा प्रिमियर लिगको विजेताले २७लाख रुपैयाँपाउनेछ । उपविजेताले १० लाख रुपैयाँपाउनेछ । तीन खेलाडी म्यानअफदिसिरिज, बेस्ट बलर र बेस्ट ब्याट्सम्यानले सुजुकी कम्पनीको मोटरसाइकल प्राप्त गर्नेछन् । इमर्जिङ प्लेयरले नगद ५१ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।