
कात्तिक २२, धादिङ ।
नगरपालिकालाई केन्द्र र प्रदेश सरकारले घेराबन्दी गरि सहयोग नगरेको निलकण्ठ नगरपालिकाका (मेयर) प्रमुख भिमप्रसाद ढुङ्गानाले बताउनुभएको छ । धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ९ मा रहेको परिवर्तनशिल कृषक समुहको नव निर्मीत सामुदायिक भवन उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
नगरपालिकाभित्र नेपाली कांग्रेसको वडा अध्यक्ष भएको वडामा प्रदेश सरकारले विकास निमाणको आयोजनामा वजेट विनियोजन नगरेको र कम्युनिस्ट सरकारले जन अपेक्षा अनुसार काम गर्न नसकेको उहाँले टिप्पणी गर्नुभयो । साथै उहाँले युवा विदेश पलायनलाइ रोक्न आधुनिक कृषि र पशुपालनमा व्यवसायमा लाग्न आग्रह गर्दै त्यसको लागि नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रमका प्रमुख अतीथी समेत रहनुभएका ढुंगानाले तिहारको शुभकामना दिनुहुँदै नेपालका ७५३ वटा स्थानीय तह मध्ये एक नम्बरको नमुना नगरपालिका रहेको दावी गर्नुभयो । नगरपालिका भित्रका जनताका विकास र समृद्धका लागि सदा काम गर्ने र निर्वाचनको समयमा वोलेका र घोषणा पत्रमा उल्लेख गरेका कुराहरू पूरा गर्ने पनि बताउनु भयो ।
वडा नम्बर ९ का वडाअध्यक्ष भोजबहादुर रेग्मीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा निलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गानाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा तरुण दलका जिल्ला अध्यक्ष गोपाल विक, निलकण्ठ नगरपालिकाका सल्लाहकार दिपक कोइराला लगायत शिक्षक , वुदिजिवि, समाजसेवी र स्थानीयको उपस्थित रहेको थियोे ।