
कात्तिक २२, धादिङ ।
पृथ्वीलोकमार्ग अन्र्तरगत धादिङ बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ७ चरौदीमा अपह्रान्न ४ बजेको समयमा दुई सवारी साधन एक आपसमा ठोक्कीदा १८ जना घाईते भएको छ ।
काठमाण्डौबाट चितवन तर्फ जादै गरेको बा २ ख ४२४७ नम्बरको माईक्रो र बिपरित दिशा बाट आउदै गरेको बा ५ ख ७५० नम्बरकोे आईचर एक आपसमा ठक्कर खादा दुबै सवारी साधनमा सवार १८ जना घाईते भएका हुन् । घईते मध्य २ जनाको अबस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
सामान्य घाईतेहरुको स्थानिय स्वास्थ्य संस्थामा उपचार भईरहेको र गम्भीर घाईते २ जनालाई उपचारको लागि काठमाण्डौं पठाईएको छ । दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । केहीबेर अवरुद्ध सडक अहिले दुईतर्फी रुपमा संञ्चालनमा आएको प्रहरीले जनाएको छ ।