२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नेपाल र म्यान्मारबीच व्यापारीक सम्झौतामा हस्ताक्षर

नेपाल र म्यान्मारबीच व्यापारीक सम्झौतामा हस्ताक्षर

मंसिर १५ ,धादिङ
प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष निमन्त्रणामा एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिन म्यान्मारका स्टेट काउन्सिलर आङ सान सु की गत विहिबार नेपाल आउनुभएको थियो । नेपाल र मित्र राष्ट्र म्यान्मारबीच औपचारीक रुपमा पहिलो पटक शुक्रबार व्यापार र लगानीसम्बन्धी सम्झौता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहनुभएका म्यान्मारका स्टेट काउन्सिलर आङ सान सु कीबीच भएको भेट र द्विपक्षीय वार्तापछि उहाँहरुको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र म्यान्मारका तर्फबाट अन्र्तराष्ट्रिय व्यापार सहकार्य मन्त्री यु क्यो टिनले हस्ताक्षर गर्नुभएको छ ।

नेपाल र म्यान्मारबीचको व्यापारीक सम्झौताले खासगरी खाद्यान्न, पर्यटन र कला, संस्कृति आदान–प्रदानको क्षेत्रमा थप लगानी र व्यापारका लागि नयाँबाटो खोलेको छ । दुईपक्षीय वार्तामा सहभागी प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईका अनुसार दुई देशबीच व्यापार र आर्थिक गतिविधि बढाउने, लुम्बिनीमा अन्र्तराष्ट्रिय विमानस्थल निर्माण भएपछि दुई देशबीच सीधा हवाई सम्पर्क स्थापना गरिनेछ । नेपालले सन् २०२० का लागि घोषणा गरेको नेपाल पर्यटन वर्षमा म्यान्मारबाट पर्यटक वृद्धि गराउन म्यान्मारले सहयोग गर्ने समझदारी भएको बताउनुभयो । साथै प्रधानमन्त्री ओली र सु कीबीच बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङगालको खाडीको प्रयास बिम्स्टेकलाई थप सक्रिय बनाउन दुवै पक्षले काम गर्ने विषयमा पनि छलफल भएको थियो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।