मंसिर १५, धादिङ
मेगा बैंक नेपाल लिमिटेडले धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर १ बैरेनीमा शाखा रहित बैकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । ग्रामीण क्षेत्रका वासिन्दाहरुलाई बैकिङ्ग पहुँच विस्तार गर्ने उद्धेश्यले उक्त सेवाको विस्तार गरिएको बैंकले जनाएको छ । शाखा रहित बैंकिङ्ग सेवाको शनिवार एक कार्यक्रमबीच जिल्ला समन्वय समिति धादिङका सदस्य कृष्णप्रसाद अर्यालले उद्घाटन गर्नुभयो ।
सेवाको सुभारम्भ गर्दै जिल्ला समन्वय समिति धादिङका सदस्य कृष्णप्रसाद अर्याललले शाखा रहित बैकिङ्ग सेवाको शुरुवातले ग्रामिण क्षेत्रमा रहेका स्थानियबासिन्दाले बित्तिय सेवाको लागि लामो दुरी हिड्नु पर्ने बाध्यताको अन्त्यहुने बताउनुभयो । उहाँले मेगा बैंकको शाखा रहित बैकिङ्ग सेवाबाट बैरेनी, कालिदह, बुङ्चुङ् लगायतका क्षेत्रका स्थानीयले सरल तथा सुविधाजनक आधुनिक बैकिङ्ग सेवाको उपभोग गर्न पाउने अपेक्षा गर्दै अझ विकट क्षेत्रहरुका बासिन्दालाई पनि सेवादिन सक्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै मेगा बैंक धादिङ शाखाका प्रवन्धक रेशु अधिकारीले बंंैकको हलो देखि हाइड्रोसम्म भन्ने नारालाई चरितार्थ गरी ग्रामीण क्षेत्रका जनताहरुलाई बैकिङ्ग सेवा प्रदान गर्न शाखा रहित बैंकिङ्ग सेवा शुरुवात गरिएको बताउनुभयो । प्रवन्धक अधिकारीले मेगा बैंक निजी बैंकहरुमध्ये पूजीको हिसावले दोश्रो ठूलो बैंक भएको र बैंकको शाखा सञ्जाल हाल १०१ वटा रहेको साथै देशभर १२९ वटा शाखा रहित बैंकिङ्ग सेवा खोली सेवा दिएको जानकारी पनि गराउनुभयोे ।
धादिङ जिल्लामा मात्रै मेगा बैंकको चारओटा शाखा स्थापना भैसकेको छ । राज्यको पुनर्संरचनापछि बनेको सबै स्थानीय तहमा बंैकको सेवा पु¥याउने नेपाल सरकारको उदेश्य पूरा गर्न धादिङ जिल्लाका नीलकण्ठ नगरपालिकाको साथै त्रिपुरासुन्दरी, ज्वालामुखि र बेनिघाट रोराङ गरी चार ओटा स्थानीय तहमा बैंकले शाखा खोलि सेवा दिएको पनि प्रवन्धक अधिकारीले बताउनुभयो ।
सेवा शुभारम्भ कार्यक्रममा रेडियो धादिङका स्टेशन म्यानेजर राजाराम शर्मा, सिद्धलेक गाउँपालिकाका सल्लाहकार टंकनाथ शर्मा तिमिल्सिना लगायतले मेगा बैंकको शाखा रहित बैंंकिङ्ग सेवालाई सिद्धलेकको बैरेनीमा स्वागत गर्दै बैंकले अझ विकट क्षेत्रहरुमा गई बैंकिङ्ग सेवा दिन सुझाव दिएका छन् । ग्रामीण क्षेत्रका वासिन्दालाई आफुले कमाएको पैसा वचत गर्न सिकाउनुपर्ने, समाज सुधारको लागि बैंकले पहल गर्नुपर्ने विचार राखेका थिए । समाजको सुधार भएमात्र बैंकको पनि कार्यक्रममा सुधार आउने कुरामा सहभागिहरुको जोड रहेका थियो ।

Facebook Comments