मंसिर १८,  धादिङ (गर्स्योङ) ।
उत्तरी धादिङको खानियाबास गाउँपालिका वडा नम्बर १ र २ अन्तरगत डुन्डुरे पुल देखि खानियाबास १ गर्स्योङ सम्म साढे ८ किलो मिटर मोटर बाटो निमार्ण कार्य सम्पन्न भएको छ ।

डुन्डुरे पुल देखि खानियाबास १ गर्स्योङ सम्म ४५ लाख लागतमा निर्माण गरिएको मोटरबाटो सोमबार उद्घाटन गरिए सँगै यातायतका साधनहरु सुचारु भएका छन् ।

डुन्डुरे पुल देखि मोटरबाटो नहुँदा गर्स्योङका स्थानियहरु मर्काका थिए । मोटरबाटो निमार्ण कार्य सम्पन्न भए सँगै उनीहरुले खुसीयाली मनाएका छन् ।

गाउँपालिका प्रमुख रण बहादुर तामाङको अध्यक्षता सम्पन्न उक्त सडक उद्घाटन कार्यक्रममा उपप्रमुख यो माया तामाङ, वडा नम्बर १ का वडा अध्यक्ष बुद्दी तामाङ, वडा नम्बर २ का वडा अध्यक्ष टेक बहादुर तामाङ, विभिन्न राजनीतिक दलका नेता, प्रहरी पोस्ट डुन्डुरेका प्रहरी सहायक निरीक्षक मनोज कुमार चौधरी लगायतको आतिथ्यता रहेको थियो ।

उद्घाटनकै दिन पहिलो पटक पुगेको बा ३ खा २०४२ को स्वराज ट्रक र ट्रक चालकलाई स्थानियहरुले भव्य स्वागत गरेका थिए । मोटरबाटो पुगेसँगै उत्तरी धादिङमा उत्पादन भएका कृषि उपजहरुले बजार पाउने भन्दै खुशी भएका छन् ।

बजार अभावकै कारण वर्षेनी खेर गईरहेको उत्तरी धादिङको आलु, अलैंची लगायतका कृषि उपजहरुले बजार पाएपछि उत्तरी धादिङका नागरिकहरुको जिवन स्तर उकासिने सहकर्मी सन्दीप स्यामचेनको भनाई छ ।

Facebook Comments