२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

रग्बी विश्वकपको ट्रफी कालापत्थरमा

रग्बी विश्वकपको ट्रफी कालापत्थरमा

मङ्सिर २० ।

‘ट्रफ्री टुर’मा रहेको रग्बी विश्वकपको ट्रफी आज सगरमाथाको आधार शिविर सोलुखुम्बुको कालापत्थर पु¥याइएको छ ।

विश्व रग्वीको वार्षिक नियमित विशेष कार्यक्रमअन्तर्गत ट्रफी बुधबार साँझ नेपाल ल्याइएको हो । नेपाल रग्बी सङ्घको समन्वयमा विश्व सम्पदाको सूचीमा रहेका स्थान एवं संसारकै ध्यान केन्द्रित हुने पर्यटकीय तथा संसारभरमै पदयात्राको लागि प्रचलित स्थान सर्वोच्च शिखर सगरमाथाको आधार शिविर आज पु¥याएको सङ्का अध्यक्ष टङ्कलाल घिसिङले जानकारी दिनुभयो ।

ट्रफी टुरमार्फत विश्व रग्बी परिवारमा नेपाललाई संसारभर चिनाउने कार्यमा समेत यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइएको छ । शुक्रबार ट्रफीलाई विश्व सम्पदा सूचीमा रहेका स्थानहरु स्वयम्भूनाथ, बौद्धनाथ, पशुपति र पाटन दरबार स्क्वारमा प्रदर्शनी गरिने उहाँले जानकारी दिनुभयो ।

“विश्व समुदायमाझ नेपाललाई चिनाउने प्रयासस्वरुप ट्रफीलाई विश्व सम्पदा सूचीमा समावेश सगरमाथाको आधार शिविर तथा स्वम्भूनाथ, पशुपतिनाथ, बौद्धनाथ, पाटनदरबार स्क्वार लगायत स्थानमा घुमाइनेछ”, उहाँले भन्नुभयो ।

त्यस्तै मङ्सिर २२ गते टुँडिखेलमा आयोजना हुने रग्बी फेस्टिभलमा प्रदर्शनी गरिनेछ । फेस्टिभलमा नेपाली कलाकारहरुको प्रस्तुतिसँगै स्कुल रग्बी प्रतियोगिता, महिला रग्बी सेभेन, पुरुष रग्बी प्रतियोगिता हुने आयोजकले जनाएको छ । उक्त कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी हुने कार्यक्रम छ । (रासस)

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।