
मंसिर २३ ।
मूल्य बृद्धि फिर्ता लिएपछि पनि फ्रान्समा आन्दोलन रोकिएको छैन । सरकारविरुद्ध आन्दोलन चर्कंदै गएपछि सरकार पनि कडा बनेको छ ।
राष्ट्रपति इम्यानुएल म्याक्रोनले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा सुरु भएको प्रदर्शन चर्कंदै गएपछि प्रहरी र प्रदर्शनकारबीच पेरिसमा झडपसमेत भएको छ । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले रबरका गोली र टियर ग्यास प्रहार गरेको छ ।
देशभर चर्किंदै गएको प्रदर्शनका क्रममा प्रहरीले करिब १ हजारलाई नियन्त्रणमा लिएको छ । पहेंलो जर्सी लगाएर प्रदर्शनमा उत्रिएकाहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गरेका छन् । फ्रान्सका प्रधानमन्त्री एडुअर्ड फिलिपेले प्रदर्शनमा घुसपेठ भएको बताउनुभयो ।