पौष १९,धादिङ
लागु औषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाडौबाट खटिएको प्रहरीे र जिल्ला प्रहरी कार्यालय धादिङको संयुक्त टोलिले आज बिहान करिब ३ बजे गजुरी गाउँपालिका वडा नम्बर १ स्थित गजुरी बजारमा गाडि चेकजाँचको क्रममा HR38 S9371 नम्बरको भारतिय ट्रकको क्याविनमा फल्स बटम बनाई लुकाइ राखेको १२ वटा प्लास्टिकको बोरामा राखिएको अवस्थामा २३५ केजि बराबरको लागु औषध चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । भारतिय ट्रकमा लुकाइ छिपाई लागु औषध चरेस ओसारपोसारमा संलग्न रहेका भारत उत्तर प्रदेश एटा निघौलि खुद चितापुर ग्राम सिकोहावाद रोडका ३० बर्षको ट्रक चालक सतेन्द्र सिंह वेघल र पर्सा जिल्ला पटेर्वासुगौली गाउँपालिका वडा नम्बर १ का ५० बर्षको सहयोगी लाल महमद गद्धीलाइ पक्राउ गरिएको छ । निज दुवै अभियुक्तलाइ आजै जिल्ला अदालत धादिङले न्यायिक अनुसन्धानको लागि म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
धादिङको गजुरीबाट २३५ किलो लागु औषध चरेस बराबद
लेखक
लेखकको सबै आर्टिकल
धादिङ अपडेट










