पौष २०,धादिङ ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ९ स्थित नीगालपानिमा रहेको श्री चण्डेश्वरी उच्च माध्यमिक विद्यालयमा तमु (गुरुङ) विद्यार्थी छात्रवृत्ति कोषको स्थापना गरिएको छ । तमु (गुरुङ) समुदायभित्र रहेका गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि यो कोष स्थापना गरिएको हो । विशेष गरि तमु समुदायमा रहेका विद्यालय उमेर समूहका कुनै पनि बालबालिकाहरु आर्थिक अभावका कारण विद्यालय जानबाट वञ्चित हुन नपरोस र अध्यायन पुरा नगरि विचमा नै विद्यालय छोड्ने परिस्थिती नआउन भन्ने उद्देश्यका साथ यो कोष स्थापना गरिएको हो ।

नीलकण्ठ नगरपालिका वडा नम्बर ९  भीत्र स्थायि बसोबास गर्ने गरिब तथा जेहेन्दार, आर्थिक रुपमा कमजोर बालबालिकाले पनि विद्यालय तहको शिक्षा सरल र सहझ रुपमा लिउन भन्ने उद्देश्यका साथ चण्डेश्वरी उच्च माविका प्रधानाध्यापक हरि ईटनीको पहलमा तमु विद्यार्थी छात्रवृत्ति कोषको स्थापना गरिएको हो । यस कोष स्थापनाका लागि प्रधानाध्यापक इटनिले २,५००। दुई हजार पाँचसय रुपैंयाको कोष स्थापना गर्नुभएको हो । यस कोषलाइ अझै वृद्धि गरि गरिब तथा जेहेन्दार विद्यार्थीको अध्यायनका लागी लगानी गर्न सोहि विद्यालयका पूर्व विद्यार्थी तथा पत्रकार रेख बहादुर गुरुङलाइ जिम्मेवारी दिएको पनि विद्यालयका प्रधानाध्यापक हरि इटनिले बताउनुभयो ।

पूर्व विद्यार्थी तथा पत्रकार रेख बहादुर गुरुङले पच्चीस सयबाट स्थापना गरिएको यस तमु विद्यार्थी छात्रवृत्ति कोषलाइ वृद्धि गरि छिटो भन्दा छिटो १००,०००। एक लाख रुपैंयाको कोष बनाउने र तमु समुदायका कोहि पनि विद्यार्थी भाईबहिनीहरु अबदेखि आर्थिक अभावका कारण विद्यालय शिक्षा लिनबाट वञ्चित हुनुनपर्ने बताएको छ । साथै पत्रकार गुरुङले यस कोषलाइ वृद्धि गर्ने यो पवित्र कार्यमा सहयोग गर्न सबैमा अनुरोध गरेका छन् । यहि पौष १८ गते तमु ल्होछारको अवसरमा काफलपानी तमु समाजद्धारा आयोजित शुभकामना आदान–प्रदान तथा बृहत्त सांस्कृतिक कार्यक्रमको अवसरमा यो कोषको स्थापना गरिएको हो ।

 

Facebook Comments