
माघ २०, धादिङ ।
अनेरास्ववियु केन्द्रिय कमिटिका उपाध्यक्ष रश्मि आचार्यले आगामि फागुन १४ गते तोकिएकै मितिमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुने बताउनुभएको छ । हिजो सदरमुकाम धादिङबेसिमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी विद्यार्थीहरुको संयुक्त भेलामा सम्बोधन गर्दै आम नेपाली युवा विद्यार्थीहरुको आधिकारमुखि साझा संस्था स्ववियुको निर्वाचन नगराउनको लागि नेपाली कांग्रेस र नेपाल विद्यार्थी संघले अनेक बाहानाबाझि गरिरहेको बताउनुभयो । नेविसंघ कम्युनिष्ट पार्टिको सरकार र दुईवटा अनेरास्ववियु विद्यार्थी संगठनको लोकप्रियतादेखि देशैभरबाट आफु हार्ने मानसिकताका कारण नेविसंघ चुनाव नगराउने खेलमा लागेको बताउनुभयो । आचार्याले जसरी पनि चुनाव हुने भएकोले जिल्लाको स्ववियु निर्वाचनहुने सम्पूर्ण क्याम्पसहरुमा निर्वाचनको तायरीमा लाग्न विद्यार्थीहरुलाइ निर्देशन दिनुभयो ।

एक प्रसंगमा उपाध्यक्ष आचार्याले हाम्रो देशको शिक्षा निति र प्रणाली हाम्रो देशको भूगोल र माटो सुहाउँदो व्यावहारीक,तथा उत्पादनमुखि नभएको बताउँदै शैक्षिक प्रणालिमा आमुल परिवर्तन गर्नु आवश्यक रहेको बताउनुभयो । अझै पनि हाम्रो देशमा उच्च शिक्षा हासिल गरि रोजगार नपाएर अस्ट्रेलिया, यूरोप ,अमेरीका जाने युवा विद्यार्थीहरुको जमात ठूलो भएकोले यो कार्यलाइ रोक्नको निम्ति शिक्षा निति र प्रणालिमा सुधार गरि व्यावहारिक र वैज्ञानिक शिक्षा प्रणाली लागु गर्न नेपाल सरकार समक्ष जोडदार माग गरिरहेको पनि बताउनुभयो । नेपालमा हाल उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरु मध्ये व्यावस्थापन संकायका करिब ४० प्रतिशत, शिक्षा संकायका २३ प्रतिशत,मानविकि संकायका १४ प्रतिशत र थोरै संख्यामा प्राविधिक शिक्षा पढ्ने विद्यार्थीहरु भएका कारण पनि उच्च शिक्षा हासिल गरेका अधिकांस युवा विद्यार्थीहरु विदेश पलायन हुने गरेको बताउनुभयो ।
विद्यार्थीहरुको भेलामा प्रतिनिधि सभाका सांसद तथा नेकपाका केन्द्रिय नेता खेम प्रसाद लोहनीको प्रमुख आतिथ्यता रहेको थियो । भने नेकपाका जिल्लास्तरीय नेताहरुका साथैं अखिल क्रान्तिकारीका केन्द्रिय कमिटिका सचिव पवन कार्की तगायत अनेरास्वविय र अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय कमिटि, जिल्ला कमिटि र विभिन्न क्याम्पस कमिटिका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।