फागुन १७ ।
पाकिस्तानले आफ्नो नियन्त्रणमा रहेका भारतीय युद्धक विमानका चालकलाई आज रिहागर्दैछ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारत सँगको तनाव नचर्काउने र शान्तिका लागि आफ्नो सेनाको नियन्त्रणमा रहेका भारतीय युद्धक विमानका चालकलाई रिहा गर्ने बताउनुभएको छ ।

संसदको दुबै सदनको संयुक्त बैठकलाई हिजो संबोधन गर्दै उहाँले आफूहरुसँग शक्ति नभएका कारण भारतसँग झुकेको नभै तनावलाई चर्काएर कसैलाई फाइदानहुने भएकाले पाकिस्तानी सेनाले नियन्त्रणमा लिएका युद्धक विमानका चालकलाई रिहागर्न लागेको जानकारी गराउनु भएको हो ।

प्रधानमन्त्री खानले भारतीय पक्षबाट पाकिस्तानी इलाकामा गरेको वम बर्षाका कारण कुनै मानवीय क्षति नभएकाले बदलामा आक्रमण गर्ने सोच नराखेको पनि बताउनुभयो । उहाँले भारत सरकार खासगरी प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तान माथि आक्रमण गर्नुको आशय आसन्न निर्वाचनको नतिजालाई आफ्नो पकडमा पार्नु भएको दावीगर्नुभयो ।

Facebook Comments