फागुन १७ ।

ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेर निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित सात शवको पहिचान भएको छ । पोस्टमार्टम सँगै गएराती १ बजेपछि शवको पहिचान भएको हो ।

त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका फरेन्सि मेडिसिन विभागका निमित्त विभागिय प्रमुख डा. रिजेन श्रेष्ठका अनुसार राति सवा १ बजे सातैवटा शवको पहिचान भएको हो । पहिचान गर्न करिब १० घण्टा लागेको थियो । हिजो तीन बजेपछि हुने भनिएको श्रद्धाञ्जली कार्यक्रम आज बिहान आठ बजेका लागि सारिएको थियो । श्रद्धान्जली पछि मन्त्री अधिकारीको अन्त्येष्टि पोखरामा राजकीय सम्मानका साथ हुनेछ ।

अन्यमृतकका परिवारले आफ्नो परम्परा अनुसार अन्तिम सँस्कार गर्ने जनाइएको छ । ताप्लेजुङमा दुर्घटना भएको एअर डाइनेस्टीको हेलिकप्टरमा संस्कृति, पर्यटन तथानागरिक उड्डयन मन्त्री अधिकारी, यति एअरलाइन्सका प्रवन्ध निर्देशक तथा स्थापित पर्यटन उद्यमी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका चालक प्रभाकर केसी र मन्त्रीका अंगरक्षक नेपाली सेनाकाजमदार अर्जुन घिमिरे सवार रहनुभएको थियो ।

Facebook Comments