
फागुन १६,धादिङ ।
हिजो ताप्लेजुङको जिल्लाको फुङलिङ नगरपालिका वडा नम्बर १० को सिस्नेभीरमा भएको एयर डाइनेस्टीक हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका नेपाल सरकारका पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको शव आज दिउँसो काठमाडौं ल्याएको छ । मृतक मन्त्री अधिकारी लगायत ७ जनाको शव पोष्टमार्टम शिक्षण अस्पताल महाराजगंज काठमाडौंमा भइरहेको छ । डाक्टरहरुका अनुसार पोष्र्टमार्टम गर्न केहि समय लाग्ने भएपछि आजको लागि तय गरिएको श्रद्धाञ्जलि कार्यक्रम भोलि बिहान ८ बजेको लागि तय गरिएको नेपाल कम्युनिष्ट पार्टि नेकपाले एक विज्ञप्ती मार्फत जानकारी दिएको छ ।