फागुन २१, धादिङ ।
अमेरिकाले भारतलाई दिदै आएको व्यापार सहुलियत सेवा बन्द गर्ने घोषणा गरेको छ । भारतबाट वार्षिक करिब ८० अर्ब डलर बराबरका सामान निर्यात हुने गरेको छ । अमेरिकी सहुलियत प्रणाली (जीएसपी) अन्तर्गत भारतबाट सामान निकासी हुने गरेको छ । अमेरिकी व्यापार प्रमुखको कार्यालयले सोमबार एक वक्तव्य जारी गर्दै भारतलाइ दिइएको जीएसपीको सुविधा तत्कालै खारेज गर्न चाहेको जनाएको छ । उक्त कार्यालयले परिवर्तित सन्दर्भमा दुबै मुलुकलाई जीएसपीका प्रावधान बमोजिम समेट्न नसकिने पनि बताएको छ ।

भारतले धेरै किसिमका व्यापारिक अबरोध सिर्जना गरिरहेकाले त्यसबाट संयुक्तराज्य अमेरिकालाई भारतीय बजारको सहज पहुँचमा कठिनाई भइरहेको पनि उक्त कार्यालयले वक्तव्यमा उल्लेख गरेको छ । राष्ट्रपति ट्रम्पले जीएसपी सेवा सम्बन्धी अमेरिकी कङ्ग्रेसका सभामुख र सिनेटका अध्यक्षलाई पत्र लेखी जानकारी गराइसकेका कारण यो छिट्टै कार्यान्वयनमा आउने जनाएको छ । तर भारतका वाणिज्य सचिव अनुप वद्धवनले भने अमेरिकाको सहुलियत कटौतीबाट दुई देशबीचको व्यापारमा कुनै असर नपर्ने बताएको छ ।

Facebook Comments