तस्विर:प्रविण घिमिरे

फागुन २४, धादिङ ।
आज १०९ औं अन्तराष्ट्रिय महिला दिवस । हरेक वर्ष मार्च ८ तारिखका दिन अन्तराष्ट्रिय महिला दिवस मनाउने गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाईएको छ ।

आजको दिन महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले ¥याली, गोष्ठी तथा अन्तरक्रिया लगायतका कार्यक्रम आयोजना गरेका छन् । नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध बुलन्द आवाज उद्घोष गरेको दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो ।

दिवस हरेक वर्ष विश्वभरका महिलाले एउटा प्रथा,परम्परा र चाडका रुपमा मनाउँदै आएका छन् । दिवसको अवसरमा धादिङमा आज महिला अधिकारका पक्षमा लेखिएका ब्यानर, प्लेकार्ड बोकेर ¥याली र सभा गरिएको छ । निलकण्ठ नगरपालिकाको आयोजना अपाङ्ग कल्याण संघ धादिङ सहयात्री समाज नेपाल लगायतका संघ संस्थाको सहयोगमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा सहभागीहरुले महिला सहभागितासहित महिला हिंसा अन्त्य लगायतका विषयमा दिवसले महत्वपूर्ण सन्देश दिने विश्वास व्यक्त गरेका छन् । श्रमिक महिलाहरुको हक अधिकारको लागि यो दिवस मनाइरहदा केही महिला दिदीबहिनीहरु भने दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु हुने गरेका छन् तर ती कार्यक्रमहरु प्राय बजार केन्द्रित हुदा ग्रामीण क्षेत्रका श्रमिक महिलाहरु भने ओझेलमा पर्न गएको बताएका छन् ।

ग्रामीण क्षेत्रमा पनि यस्ता कार्यक्रममार्फत महिलाहरुलाई आफ्नो अधिकारप्रति सचेत गराउन सके दिवस मनाउनुको औचित्य हुने सुझाव दिएका छन् । आज धादिङ लागयत विश्वरभर नै अन्तराष्टिय श्रमिक महिला दिवस मनाइरहदा दिवसले वास्तविक श्रमिक महिलाहरुलाई समेट्न नसकेको महिला अधिकारकर्मीहरु नै बताउछन् ।

श्रमलाइ परिभाषित गर्ने मापदण्ड के के रहेका छन ? यि विषयहरुमा एकरुपता नहुदा यसको प्रत्यक्ष प्रभाव महिलाको अनौपचारिक श्रम र घरेलु श्रमको मुल्य स्थापनामा परेको छ । सामान्य रुपमा सोच्दा महिलाले अधिकांश समय घरमा बिताउछन । केही काम गरेन भन्ने आम मानिसको बुभाइ रहेको छ । तर त्यो समयमा ती महिलाले गरेको कामको आर्थिक गणना हुने हो भने, घरको साथ साथै मुलुककै अर्थतन्त्र बलियो बनाउन महिलाको योगदान पनि पुरुषको जत्तिकै रहेको कुरा स्विकार्य पक्कै पनि हुने थियो ।

अव यसलाइ वहसको विषय बनाइने र जब ती घरमै काम गर्ने महिलाहरुको कामलाई अर्थमा गणना गर्न सकियो भने अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउनुको सार्थकता हुने महिला मानवअधिकार रक्षक जिल्ला संजाल धादिङकी अध्यक्ष गायत्री खतिवडा बताउनुहुन्छ ।

वर्षेनी श्रमिक महिला दिवश मनाईरहे पनि महिलाका मुद्धा अझै उस्तै र उही नै छन् । समान ज्याला, समान काम गर्ने वातावरण अmझै जिउँका तिउँ छ । सबै प्रकारका शोषण, उत्पीडन र बिभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने भनिए पनि श्रमिक महिलाहरुलाई अत्तोपत्तो छैन ।

Facebook Comments