तस्विर:उद्धव चेपाङ

फागुन २४, धादिङ ।
धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ मा रहेको पिडा स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएकोे छ । पीडा स्वास्थ्य चौकीको आयोजनामा भएको कार्यक्रममा गजुरी गाउपालिकाको तर्फबाट पीडा स्वास्थ्य चौकीलाइ एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

गजुरी गाउपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रामचन्द्र मिजारको अध्यक्षातामा सम्पन्न भएको कार्यक्रममा गजुरी गाउपालिका अध्यक्ष राजेन्द्र विक्रम वस्नेतको प्रमुख आतिथ्यता रहेको थियो । यसै गरि कार्यक्रममा गजुरी गाउपालिका प्रमुख प्रशासकिय अधिकृत गोपाल प्रसाद वगाले, लेखा अधिकृत राम बहादुर सिम्खडा, समाजसेवी प्रमोद राज रुपाखेती, कार्यपालिका सदस्य शोभा चेपाङ, स्वास्थ्य सम्योजक डाक्टर रामहरी रेग्मी, सह सम्योजक चेतनाथ भट्ट लगायतको आतिथ्यता रहेको थियो ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा गजुरी गाउपालिका महिला सन्जाल, महिला अधिकार रक्षक सन्जालका प्रतिनिधि, विभिन्न सङ्घ सस्थाका प्रतिनिधि, महिला स्वास्थ्य स्वयम् सेवीका, आमा समुहका प्रतिनिधि र समुदाया गरि १ सय ५० जना भन्दा बढीको उपस्थिती रहेको थियो ।

पीडा स्वास्थ्य चौकीमा आएका गम्भीर बिरामी, खतराका लक्षण देखिएका गर्भवती महिलाला सुरक्षित सुत्केरी रेफर गर्न, सुरक्षित र सस्थागत सुत्केरी सेवा र आकस्मिक दुर्घटना बाट हुने मानबिय क्षति कम गर्न सहयोग पुर्याउने उद्देश्यका साथ एम्बुलेन्स हस्तातरण गरिएको हो । एम्बुलेन्स हस्तान्तरण पछि गजुरी गाउपालिका वडा नम्वर ३, ४, ५ र बेनिघाट रोराङ गाउपालिका वडा नम्बर १ को नागरीकहरु लाभान्वीत हुने भएको पिडा स्वास्थ्य चौकीका प्रमुख यग्य बहादुर के.सीले बताउनुभयो ।

यस्तै १०९ औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा गाजुरी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको स्त्री रोग सम्बनधी स्वास्थ्य शिविरमा ९६ जना महिलाहरुले स्वास्थ्य जाँच गराएका थिए ।

ति मध्ये ९ जनामा पाठेघरको समस्या देखिएको र १ जना महिलाको अप्रेशन गर्नुपर्ने देखिएको डा.रामहरी रेग्मीले जानकारी दिनुभयो । शिविरमा डा.रामहरी रेग्मी र डा. गरिमा खड्काले स्वास्थ्य जाँच गर्नुभएको थियो । त्यसैगरि १९ जना बच्चाहरु विच स्वस्थ बच्चा प्रतिस्पर्धा पनि गरिएको डा.रेग्मीले बताउनुभयो ।

Facebook Comments