चैत्र ११, धादिङ ।
धादिङ सिद्धलेक गाउापालिका वडा नं. ६ स्थित कुम्पुरमा आज विहान मिनिट्रक दुर्घटना हुँदा १० जना घाईते भएका छन् ।
नेपालडाँडाबाट ढुङ्गा लोड गरी कुम्पुर तर्फ जादै गरेको बा ३ ख ८७८८ नम्बरको मिनि ट्रक ओभर लोड र पानी परी बाटो हिलो हुँदा अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा परि मिनि ट्रकमा सवार ११ जना मध्ये १० जनाको नाम खुलेको छ । घाईतेहरुलाई उपचारको लागी ९ जना घाईतेलाई जिल्ला अस्पताल धादिङ र १ जना गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा पठाईएको जिल्ला प्रहरी कार्यलय धादिङका सुचना अधिकारी एवंम प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानाकारी दिनुभयो ।
ट्रक घटना स्थलमै रहेको छ । सिद्धलेक गाउँपालिका वडा नम्बर ६ कुम्पुर बस्ने २५ वर्षिय सुजन श्रेष्ठ ट्रक चालक फरार रहेको र खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।
घाईतेहरुको नामावली ः–
१. जि.धादिङ सिद्धलेक गा.पा.६ कुम्पुर बस्ने बर्ष १८ कि जुनमाया नेपाली‚ अवस्था गम्भिर‚ जिल्ला अस्पताल धादिङमा उपचार हुदै । ऐ. २३स्०० बजे ट्रमा सेन्टर काठमाण्डौ रिफर ।
२. जि.धादिङ सिद्धलेक गा.पा.६ कुम्पुर बस्ने बर्ष ३९ कि साबित्री घले‚ अवस्था मध्यम‚ जिल्ला अस्पताल धादिङमा उपचार हुदै । ऐ. २३:०० बजे ट्रमा सेन्टर काठमाण्डौ रिफर ।
३. जि.धादिङ सिद्धलेक गा.पा.६ कुम्पुर बस्ने बर्ष ३६ कि कौशिला नेपालि‚ अवस्था मध्यम‚ जिल्ला अस्पताल धादिङमा उपचार हुदै । ऐ. २२:३० बजे ट्रमा सेन्टर काठमाण्डौ रिफर ।
४. जि.धादिङ सिद्धलेक गा.पा.६ कुम्पुर बस्ने बर्ष ३७ कि मिठुमाया नेपालि‚ अवस्था सामान्य‚ जिल्ला अस्पताल धादिङमा उपचार हुदै । ऐ. २३:०० बजे ट्रमा सेन्टर काठमाण्डौ रिफर ।
५. जि.धादिङ सिद्धलेक गा.पा.६ कुम्पुर बस्ने बर्ष ४० कि हस्तमाया घले‚ अवस्था सामान्य‚ जिल्ला अस्पताल धादिङमा उपचार हुदै । ऐ. २३:०० बजे ट्रमा सेन्टर काठमाण्डौ रिफर ।
६. जि.धादिङ सिद्धलेक गा.पा.६ कुम्पुर बस्ने बर्ष ४५ कि फुलमाया घले‚ अवस्था सामान्य‚ जिल्ला अस्पताल धादिङमा उपचार हुदै । ऐ. २३:०० बजे ट्रमा सेन्टर काठमाण्डौ रिफर ।
७. जि.धादिङ सिद्धलेक गा.पा.६ कुम्पुर बस्ने बर्ष कि ३० चेली घले‚ अवस्था सामान्य‚ जिल्ला अस्पताल धादिङमा उपचार हुदै ।
८. जि.धादिङ सिद्धलेक गा.पा.६ कुम्पुर बस्ने बर्ष ३५ कि सबिना घले‚ अवस्था सामान्य‚ जिल्ला अस्पताल धादिङमा उपचार हुदै ।
९. जि.धादिङ सिद्धलेक गा.पा.६ कुम्पुर बस्ने बर्ष २८ कि मिश्रि नेपालि‚ अवस्था सामान्य‚ जिल्ला अस्पताल धादिङमा उपचार हुदै ।
१०. जि.धादिङ सिद्धलेक गा.पा.६ कुम्पुर बस्ने वर्ष ३२ की कमला मगराती‚ अवस्था मध्यम‚ गजुरी प्रा.स्वा.केन्द्रमा उपचार भै रहेको । ऐ. २२ः०० बजे ट्रमा सेन्टर काठमाण्डौ रिफर ।