
तस्विर : प्रविण घिमिरे
वैशाख १०, धादिङ ।
समाजवेशी विपद पुर्वतयारी तथा प्रतिकार्यको लागि संकटासन्नता केन्द्र विन्दु सञ्चालनको लागी जिल्ला स्तरीय सञ्जाल गठन गरीएको छ ।
धादिङबेसी स्थित होटल जनजीविकामा आईतबारदेखी सुरु भएको कार्यशाला गोष्ठीले सोमबार संकटासन्नता केन्द्र सञ्जाल गठन गरेको छ । जिल्ला अपाङ्गता कल्याण संघका अध्यक्ष गुणराज खतिवडाको संयोजकत्वमा १३ सदस्यीय संकटासन्नता केन्द्र विन्दु सञ्जाल गठन गरेको छ ।
संञ्जालकोे उप–संयोजकमा फोकस नेपालका जीवन सिलवाल रहनुभएको छ भने सदस्य सचिवमा रेडक्रस सोसाईटीका शुसिला श्रेष्ठ रहनुभएको छ । सदस्यहरुमा जिल्ला स्थित गैर सरकारी संघ–संस्थाका सदस्यहरुका प्रतिनिधीहरु रहनुभएको छ भने सल्लाहकारमा सरकारी कार्यलयका प्रमुख एवंम प्रतिनिधि रहनुभएको छ ।
ह्यूमनिटी एण्ड ईन्कुलेशनको साझेदारीमा नीलकण्ठ नगरपालिकामा सन्चालित “स्वस्थ्य तथा सामाजिक सुरक्षामा अपाङ्गता भएका महिला तथा बालबालिकाहरुको पहँुचको लागी सहजीकरण” परियोजना अन्र्तरगत संकतासन्नता केन्द्रविन्दु सञ्जाल गठन गरीएको हो ।
संकटासन्नता सम्बन्धी दुई दिने तालिम
संकतासन्नता केन्द्रविन्दु संजाल सम्बन्धी दुई दिने अभिमुखीकरण तालिम सम्पन्न गरेको छ ।
प्राकृतिक विपदको पुर्वतयारी तथा प्रतिकार्यको लागी संकटासन्नता केन्द्र विन्दु र सञ्जालको महत्व तथा उदेश्यका विाष्यमा छलफल गरिएको थियो । छलफल भएका विषयवस्तु माथी एचआईका साजन न्यौपानले सहजीकरण गर्नुभएको थियो ।
विशेष गरी प्राकृति विपत्ति हुँदा संकटामा रहेका समुदाय र व्यक्तिहरुलाई क्षतीबाट बचाउनको लागि गर्न सकिने उपायहरुको बारेमा छलफल भएको थियो । नयाँ संविधानमा जारी भएको ऐन र नियमको विषयमा पनि तालिममा छलफल भएको थियो ।
दुई दिन सम्म सञ्चालन भएको तालिममा एचआईका साजन न्यौपाने, जिल्ला अस्पताल धादिङका फिजोओथेरापिष्ट सुजन घले र नीलकण्ठ नगरपालिकाका महिला विकास अधिकृत भद्रा अर्यालले अपाङगता भएकाहरुको हक अधिकार र प्राकृतिक प्रकोप जाँदा संकटमा रहेका व्यक्तिहरुलाई कसरी सहयोग गर्ने भन्ने विषयमा सहजिकरण गनर्’भएको थियो .।