
वैशाख १० ।
राष्टिय फोटोपत्रकार समूहद्धारा आयोजना गरिएको नेपाल लाइफ राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०७५ मा सहभागि भई उत्कृष्ट ५ को मनोनयनमा पर्न सफल फोटो पत्रकारहरुलाई सोमबार मनोनयन प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।
नेपाल लाइफ तेस्रो राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०७५ मा धादिङबाट धादिङ अपडेटका संवाददाता राजधानी तथा उज्यालो संवाददाता अर्जुन श्रेष्ठ, नारायण सिल्वाल, मनिस दुवाडि, र सरिता श्रेष्ठ लगायत छनोट हुनुभएको थियो । लाइफ टाइम अचिभमेन्ट अवार्डबाट एक जना वरिष्ठ फोटोपत्रकारलाई ५० हजार नगद सहित ट्रफी र सम्मान पत्रले सम्मानित गरिनेछ ।
उक्त अवार्ड लगायत अन्य १४ विधाका अवार्ड पुरस्कार होटल अन्नपूर्ण दरबारमार्गमा यहि बैशाख १३ गते विषेश कार्यक्रम गरि बितरण गरिने छ ।