तस्विर :पत्रकार राजाराम डंगोलको फेसबुकबाट

असाढ ६, धादिङ । 

धादिङको गल्छि गाउँपालिका वडा नम्बर ६ बाझगाउँमा बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको घट्ना स्थलमै मृत्यु भएको छ । भने १० जना घाईते भएका छन् । गल्छिको सिरुबानीबाट बैरैनी बजार तर्फ आउदै गरेको बा १८ च ९४०८ नम्बरको जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा गल्छि गाउँपालिका वडा नम्बर ४ का ३८ बर्षिय राजु रम्तेल, सोहि स्थानकै ३२ बर्षिय सेते मिजार, गल्छि गाउँपालिका वडा नम्बर ६ बस्ने ३० बर्षिया कान्छि भुजेल र ३५ बर्षिया नानु तामाङ रहेका छन् ।

दुर्घटनामा परि घाईते भएका १० जनालाई उपचारको लागि काठमाण्डौं लगिएको छ । बोलेरो जिप गाउँबाट तरकारी सहित यात्रु लिएर बैरेनी बजार तर्फ आउदै गरेको थियो । विहिबार पनि धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर १४ डाँडागाउँस्थित पाङग्रेखोलाको उकालोमा बोलेरो दुर्घटना हुँदा १ को मृत्यु ४ जना घाईते भएका थिए ।

Facebook Comments