अषाढ ६, धादिङ ।

धादिङको गल्छि गाउँपालिका वडा नम्बर ६ बाझगाउँमा बोलेरो जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ । २१ वर्षीय सविता प्याकुरेलको उपचारका लागि लैजादै गर्दा बाटोमा नै मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ५ पुगेको हो ।

४ जनाको घट्ना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी घटना स्थलमै मृत्यु हुनेमा गल्छि गाउँपालिका वडा नम्बर ४ का ३८ बर्षिय राजु रम्तेल, सोहि स्थानकै ३२ बर्षिय सेते मिजार, गल्छि गाउँपालिका वडा नम्बर ६ बस्ने ३० बर्षिया कान्छि भुजेल र ३५ बर्षिया नानु तामाङ रहेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ । दुर्घटनामा परि १० जना घाईते भएका छन् ।

घाईतेहरुको स्थानिय स्वास्थ्य संस्थामा सामान्य उपचार पछि काठमाण्डौं पठाईएको छ । गल्छिको सिरुबानीबाट बैरैनी बजार तर्फ आउदै गरेको बा १८ च ९४०८ नम्बरको जिप दुर्घटनामा परेको हो । बोलेरो जिप गाउँबाट तरकारी सहित यात्रु लिएर बैरेनी बजार तर्फ आउदै गरेको थियो । विहिबार पनि धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर १४ डाँडागाउँस्थित पाङग्रेखोलाको उकालोमा बोलेरो दुर्घटना हुँदा १ को मृत्यु ४ जना घाईते भएका थिए ।

Facebook Comments