अषाढ ३०, धादिङ ।
सोमबार मध्यरातमा मलेखु खोलामा आएको बाढीले बेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर २ ताल्तीमा निर्माणाधिन ह्वासिन सिमेन्ट उद्योग बगाएको छ । मलेखु खोलामा बाढी आउँदा मजदुरहरु बस्नका लागि बनाइएको क्याम्प समेत बगाएको छ ।

बाढिले सिमेन्ट उद्योगभित्र फसेका ५ जना मजदुरहरुको अहिले विहान उद्धार गरिएको प्रहरीले जनाएको छ । बाढीले सिमन्ट उद्योग निर्माणमा प्रयोग हुँदै आएको २ ओटा एस्काभेटर, २ ओटा ठूला ट्रिपर बगाएर दुईसय मिटर तल पु¥याएको छ । भने सामान ल्याएका ट्रक तथा कन्टेनरहरु पुरिएकोे छ ।

निर्माण कार्यमा प्रयोग भएका अन्य सामाग्रीहरु कतिपय पुरिएका छन् त कतिपय बाढिले बगाएको छ । बाढिका कारण सिमेन्ट उद्योगमा पुगेको क्षतिको विवरण संकलन भईरहेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो । सन् २०२० सम्म नेपालकै अहिले सम्म दैनिक ६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य सहित निर्माण भईरहेको ह्वासिन सिमेन्ट उद्योग नेपाली लगानीकर्ता वैद्य गुप्रको तर्फबाट सुरज वैद्य र चिनियाँ लगानीकर्ताको प्रतिनिधित्व हुवासिन सेन्ट्रल एसिया इन्भेष्टमेन्ट (हुवान) कम्पनी लिमिटेडले गरेको थियो ।

 

सिमेन्ट उद्योगमा जान बनाईएको सडकको विषयलाई लिएरे विवाद पनि उत्पन्न भएको थियो ।  धादिङको दुई गाउँपालिका विच विवादित ह्वासिन सिमेन्ट उद्योगको अनुगमन पनि गरिएको थियो । वेनिघाट रोराङ र गजुरी गाउँपालिकाको विवाद चुलिएपछि संघीय संसदको सार्वजनिक लेखा समितिल अनुगमन गरेको थियो । सिमेन्ट उद्योग निर्माणमा दैनिक ३ सय जना कामदारले काम गर्दै आएका थिए । सामाग्रीसंगै बस्ने क्याम्प पनि बगाएपछि नेपाली तथा चिनियाँ मजदुरहरु विचल्लमिा परेका छन् ।

Facebook Comments