२०८३ कार्तिक १८, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

पहिलो पटक विश्वकप क्रिकेटको उपाधि इंग्ल्याण्डलाई

पहिलो पटक विश्वकप क्रिकेटको उपाधि इंग्ल्याण्डलाई

अषाढ ३० ।
१२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि पहिलो पटक इंग्ल्याण्डले जितेको छ । लड्रसमा गयराति सम्पन्न फाइनल खेलमा सुपर ओभरमा पनि बराबर भई बढि बाउण्ड्री हानेको आधारमा इंग्ल्याण्ड पहिलो पटक विश्वकप च्याम्पियन बनेको हो ।

यो सँगै एकदिवसीय विश्वकप जित्ने इंग्ल्याण्ड नयाँ राष्ट्र बनेको छ । टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २ सय ४१ रन बनाएको थियो । २ सय ४२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा अलआउट हुँदै २ सय ४१ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा इंग्ल्याण्डले १५ रन जोड्दै न्युजिल्याण्डलाई १६ रनको लक्ष्य दिएको थियो । जवाफमा न्युजिल्याण्डले १५ रन नै बनायो । तर, सुपर ओभरमा समान स्कोर भएपनि बढी बाउन्ड्री खेलेको कारण इंग्ल्याण्डले उपाधि हात पार्यो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।