तस्विर : सिर्जना प्रतिष्ठान धादिङको फेसबुक पेजबाट 

कात्तिक ९, धादिङ ।
१११ औं लक्ष्मी जयन्तीको अवसरमा धादिङवेशींमा सिर्जनात्मक छलफल तथा शुभदिपावलीको शुभकामना आदन प्रदान कार्यक्रम गरेको छ । “धादिङ सिर्जना प्रतिष्ठानको चयन, ललितकला र संस्कृतिको उन्नयन” भन्ने मुल नाराका साथमा सिर्जना प्रतिष्ठान धादिङले कार्यक्रमको आयोजना गरेको हो ।

सिर्जना प्रतिष्ठान धादिङका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा धादिङ जिल्लाका चर्चित साहित्यकार एवं सिर्जना प्रतिष्ठान धादिङका संस्थापक अध्यक्ष बद्रि प्रसाद दाहालको विशेष उपस्थिति रहेको थियो । उपस्थितहरुले लक्ष्मी देवकोटालाई समर्पित विभिन्न गीत, कविता, गजलहरु प्रस्तुत गरेका थिए । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औं जन्मजयन्ती भोली मनाइँदैछ । स्वदेश र विदेशमा विभिन्न साहित्यिक कार्यक्रम मार्फत महाकवि देवकोटाको सम्झना गरिँदैछ ।

यस्तै लक्ष्मी जयन्तीको पूर्व सन्ध्यामा गोरखाको दिर्घेश्वर माध्यमिक विद्यालयमा पनि सांस्कृतिक कार्यक्रम सहित साहित्यीक भेला तथा कविता प्रतियोगीताको आयोजना गरिएको छ । विद्यालयको आयोजनामा सम्पन्न भएको कार्यक्रममा कविता प्रतियोगीतामा निशा गुरुङ प्रथम, अन्जना ढकाल द्धितिय, सोमबहादुर सिर्मल तृतिय हुनुभएको छ ।

कार्यक्रमकै अवसरमा विद्यार्थीहरुले गीत, गजल, नाटक सहित सांस्कृतिक प्रस्तुती प्रस्तुत गरिनुका साथै अकलादेवी भजन मण्डली समुहद्वारा भजन प्रस्तुत गरिएको गोरखाबाट कृष्णप्रसाद भट्टराईले जानकारी दिनुभयो । गण्डकी गाउँपालिका वडा नम्बरर ४ का वडा अध्यक्ष नरबहादुर पाण्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा साहित्यकार प्रकाश चाँपागाईको प्रमुख आतिथ्य रहेको थियो ।

Facebook Comments