पौष १, धादिङ । 
अन्तराष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा मंगलबार धादिङबेसीमा माध्यमिक तह स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । नीलकण्ठ नगरपालिकाको आयोजना तथा सुरक्षीत आप्रवासन परियोजना सामी र हेल्भेटासको सहयोगमा प्रतियोगीता सम्पन्न भएको हो । ‘बैदेशिक रोजगारको अवसर र चुनौती’ विषयक आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितामा १४ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । सुरक्षित बैदेशिक रोजगारको विषमया जनचेतना फैलाउने र स्वदेशमै स्वरोजगारी बन्ने अवसरको विषयमा युवाहरुलाई जागरुक बनाउन प्रतियोगीताको आयोजना गरीएको कार्यक्रम संयोजक दिनेश दुवाडीले जानकारी दिनुभयो ।

बढ्दो बैदेशिक रोजगारी सँगै समस्याहरु पनि थपिरहेको समयमा यस्तो प्रकारको कार्यक्रमले पनि सुरक्षित वैदेशिक रोजगारको प्रक्रियामा महत्वपुर्ण भुमिका खेल्ने दुवाडीले बताउनुभयो । कार्यक्रममा सहभागी विद्यार्थीहरुले वर्तमान समयमा वैदेशीक रोजगार अवसरका साथै–साथै थप चुनौतीपूर्ण बन्दै गएको भन्दै गम्भीर हुनको लागि सरकारसँग माग गरेका थिए ।

प्रतियोगितामा धादिङ आवासीय माध्यामिक विद्यालयका सर्जना थापा प्रथम, एड्भान्स एकेडेमीका आमोस तामाङ द्धितिय, चिल्ड्रेनपार्क आवासीय माध्यामिक विद्यालयका दिपा ढकुरी तृतीय र साङकोष मा.वि.का सुनिल वि.क. सान्त्वना हुनुभएको छ । प्रतियोगितामा प्रथम,द्धितिय,तृतीय र सान्त्वना विद्यार्थीहरुलाई नगत सहित मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिएको थियो । अन्तराष्ट्रिय आप्रवासन दिनवसको अपसरमा भोली बुधबार साँझ ६ बजे धादिङबेसि स्थित विच बजार चोकमा दिप प्रज्ववलन कार्यक्रमको समेत आयोजना गरिएको छ । श

Facebook Comments