पौष १, धादिङ । 

खानेपानी सुरक्षा योजना सम्बन्धी ३ दिने तालिम आज धादिवेशींमा सम्पन्न भएको छ । डि.एफ.आई.डीको आर्थिक सहयोगमा मटम्याक डोनाल्ड र अक्सफामको संयोजनमा फोकस नेपाल धादिङद्वारा सञ्चालित पूर्णिमा परियोजना अन्तर्गत तालिम सम्पन्न भएको हो ।

तालिममा धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ६ मा संचालित हुलाकभञ्ज्याङ डिठ्ठा टोलखानेपानी आयोजना, सिद्दलेक गाउपालिका वडा नम्बर १ र २ मा संचालित दमैथुम्का डिपबोरिङ खानेपानी आयोजना, ढल्केपिपल ठाँटीभञ्ज्याङ डिपबोरिङ खानेपानी आयोजना र बेनिघाटरोराङ गाउँपालिकाको वडा नम्बर ७ र १० मा संचालित गैरीखोला डुक्राङ खानेपानी आयोजनाहरुमा गठित खानेपानी सुरक्षा योजना टोलीलाई तालिम प्रदान गरिएको हो ।

तालिममा खानेपानी सुरक्षा योजनामा जिम्मेवारीहरु, खानेपानी सुरक्षा योजना टोलीको काम कर्तव्य अधिकार तथा जिम्मेवारीहरु, खानेपानी आयोजना÷प्रणाली सम्बन्धी जानकारी, घरेलु रुपमा पानी शुद्धिकरण गर्ने विधि,उपभोक्ता सन्तुष्टि पहिचानबारे जानकारी, खानेपानी आयोजनाको रिपोर्ट तयारी, खानेपानी प्रणालीको विश्लेषण, प्रदुषण पहिचान र जोखिमविश्लेषण तथा नियन्त्रणका उपायहरु, प्राविधिक कर्मचारीहरु प्लम्वर, प्रयोगशालाको प्राविधिक आदिले नियमित संचालन प्रक्रियाको अनुगमन, अनुगमनकार्यको अभिलेख, प्रमाणिकरण कार्यको योजनातर्जुमा लगायतका विषयमा छलफल गरिएको थियो ।

छलफल भएका विष्गायवस्तु माथी फोकस नेपाल धादिङका परियोजना संयोजक रामहरि पन्त, लेखाअधिकृत इश्वर कडेल, जनस्वास्थ्य प्रवद्र्धन अधिकृत रमेश श्रेष्ठ, सिनियर सव इन्जिनियर चन्द्र तिमल्सीना, जनस्वास्थ्य पवद्र्धन सहायक राजाराम पाठकले सहजीकरण गर्नुभएको थियो । तालिममा सहजीकरण गरिएको विषयवस्तुहरुलाई मध्यनजर गर्दै ५ वटा खानेपानी सुरक्षा योजना टोली बाट आफ्नो समुदायमा सञ्चालन गरिएको खानेपानी आयोजनालाई दिगो रुपमा सञ्चालन गर्न कार्य योजना तयार गरी उक्तकार्य योजना माथि विस्तृत छलफल गरिएको फोकस नेपाल धादिङको लजिष्टीक अधिकृत राजीप उपाध्यायले बताउनुभयो ।

तालिमको अवधिमा सिकाई आदान प्रदान तथा अवलोकन गर्नको लागी नमुना खानेपानी लेखनाथ साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा भ्रमण समेत गराइएको थियो । तालिमलाई सहजिकरण गर्दै फोकस नेपाल धादिङका कार्यकारी निर्देशक एकराज छत्कुलीले समग्र परियोजनाको उद्देश्य, खोपानी सुरक्षा योजना टोलीको भुमिका, कामकर्तव्य अधिकार, समुदायमा आइपर्ने समस्या र खानेपानी सुरक्षा योजना टोलीबाट तयार गरिएको कार्य योजनामाथि प्रकाश पार्दै तयार गरिएको योजनालाई कार्यान्वयन गर्न आग्रह गर्नुभएको थियो ।

Facebook Comments