
पौष २, धादिङ ।
खानेपानी उपभोक्ता समितिको प्रतिनिधिहरुका लागि १ दिने प्राथमिक उपचार सम्बन्धी तालिम प्रदान गरिएको छ । डि.एफ.आई.डीको आर्थिक सहयोगमा मटम्याक डोनाल्ड र अक्सफामको संयोजनमा फोकस नेपाल धादिङद्वारा सञ्चालित पूर्णिमा परियोजना अन्र्तरगत प्रदान गरिएको हो ।
तालिममा उपचारका चरणहरु, गला लाग्दा, रक्तश्राव र क्षोभ, मांसपेसी जोर्नी तथा हात खुट्टाको चोट, गर्धन र मेरुदण्डको चोट, नाकको रक्त श्राव तथा घाइतेको ओसार पोसार गर्दा आवश्यक सैद्धान्तिक र प्रयोगात्मक सिप जस्ता विषयवस्तुमा प्रशिक्षण दिईएको थियो ।
तालिममा ज्वालामुखी गाउँपालिका वडा नम्बर ६ मा संचालित हुलाकभञ्ज्याङ डिठ्ठाटोल खानेपानी आयोजना, सिद्दलेक गाउपालिका वडा नम्बर १ र २ मा संचालित दमैथुम्का डिपबोरिङ खानेपानी आयोजना, ढल्केपिपल ठाँटीभञ्ज्याङ डिपबोरिङ खानेपानी आयोजना र बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ७ र १० मा संचालित गैरीखोला डुक्राङ खानेपानी आयोजना र डुक्राङ खानेपानी आयोजनाहरुको १ जना महिला र १ जना पुरुष तथा फोकस नेपाल धादिङको कर्मचारीहरु गरि २५ जना सहभागिता रहेको थियो ।

खानेपानी आयोजना निर्माण गर्ने क्रममा दुर्घटना भएमा उद्धार गर्नको लागि आवश्यक सिप प्रदान गर्ने उद्धेश्यले नेपाल रेडक्रस सोसाइटी धादिङको समन्वयमा संञ्चालन गरिएको तालिममा नारायण कुमार श्रेष्ठ र शुशिला श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो ।
यसैगरी फोकस नेपाल धादिङको कार्यकारी निर्देशक एकराज छत्कुलीले समग्र परियोजनाको उद्धेश्य र आयोजना सञ्चालनगर्दा आइपर्ने समस्याहरुको बारेमा विस्तृत जानकारी गर्दै पाँचै वटा खानेपानी उपभोक्ता समितिलाई आधारभुत प्राथमिक उपचारको सामाग्रीहरु प्रदान गरिएको फोकस नेपाल धादिङको लजिष्टिक अधिकृत राजीप उपाध्यायले जानकारी दिनुभयोे ।