पौष २९, धादिङ ।
नेपालको वर्तमान राजनितिक अवस्था विग्रेको नभई हाम्रो वैचारिक विचार दृष्टिकोणहरु मात्र फरक भएको वागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले बताउनुभएको छ । शहीद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड धादिङको १० औँ बार्षीक साधारण सभाको अवसरमा उहाँले यस्तो बताउनु भएको हो । राजनितक उपलब्धीलाई संस्थागत गर्न एक ठाउमा मात्रै उभिएर नहुने मन्त्री जमकट्टेलको जोड थियो ।

चाईनाको राजनितिक र आर्थिक परिवर्तन गर्ने माओ सँगै विश्वको कम्युनिष्ट आन्दोलनको उदाहरण दिँदै उहाँले विश्वले नसोचेको पार्टी एकताले एउटा लक्ष्य तय गरेको बताउनुभयो । पार्टी एकता ठिक निर्णय भएकोले अब मुलुक समिद्धिको दिशामा अघि बढेको मन्त्री जमकट्टेलको भनाई थियो । बेपत्ता परिवारहरुलाई, जनयोद्धाहरुलाई पार्टी विग्रेको जस्तो लागेपनि त्यस्तो नभएको उहाँको भनाई थियो । जनयोद्धाहरुको अन्तिम ईच्छा नै समृद्धि भएकाले परिस्थिति अनुसार बदलिने राजनितक अवस्थालाई बुझ्न आग्रह गर्नुभयो ।

जनयोद्धाहरुको नाममा सर्मपित यस संचार संस्थाले राम्रो कुराको प्रचार गर्नसकोस् र नराम्रो कुराको भण्डाफोर गरोस् भन्ने शुभकामना दिँदै उहाँले आगामी दिन आफुले सक्दो सहयोग गर्ने बताउनुभयो । जगत बहादुर सिंखडाको अध्यक्षतामा भएको कार्यक्रममा जमकट्टेलको प्रमुख आतिथ्य रहेको थियो । २०६५ सालमा स्थापना भएको संस्थाले आज आफ्नो १० औँ बार्षिक साधारण सभा सम्पन्न गरेको हो । ४ सय ५७ जना शेयर सदस्या रहेको उक्त संस्थाको कुल शेयर पूँजी ३६ लाख ३३ हजार ५ सय रहेको छ ।

त्यसैगरि आजै संस्थाको बार्षिक साधारण सभाको अवसरमा तेस्रो अधिवेशन पनि सम्पन्न भएको छ । आज भएको अधिवेशनले मनराज भण्डारीको अध्यक्षता १७ सदस्य रहने गरि नँया कार्य समिति गठन गरिएको छ । जस्मा सुर्दशन खतिवडा, दिपा कडेल उपाध्यक्ष, बोधनाच दुवाडी महासचिव, गीता अधिकारी कोषध्यक्ष र शंकर अधिकारी सचिवमा चयन हुनुभएको छ ।

Facebook Comments