
पौष २९, धादिङ ।
पछ्याउरी चुनीको कौह्रा गीत सार्वजनिक भएको छ । दयाराम गुरुङ र राधा गुरुङको आवाजमा सजिएको कौह्रा गीत आज गायक दयाराम गुरुङको अफिसियल यूटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
दयाराम गुरुङको शब्द संगीतमा तयार भएको यस गीतको म्यूजिक भिडियोलाई अर्जुन थापाले निर्देशन गर्नुभएको हो भने शुसिल डाँगीले छाँयाङ्कन गर्नुभएको हो । धादिङकै रमणिय स्थान निलकण्ठ ९ काफलपानी गुरुङ गाउँमा छायाङ्कन गरिएको म्यूजिक भिडियोमा निर आले र सावित्रा भुजेलको अभिनय रहेको छ ।
भिडियो हेर्नुहोस् :
https://youtu.be/IGBUE-7FBHs