माघ ६, धादिङ ।

धादिङको थाँक्रे गाउँपालिकामा ३ महिनादेखि सञ्चालन भएको आधारभुत सिलाई कटाई तालिमको सोमबार एक कार्यक्रमका विच समापन गरिएको छ । विद्यालय जान विचमै छाडेका किशोरीहरुको लागि संञ्चालन भएको तालिममा ३० जनाको सहभागीता रहेको थियो ।

जोखिममा रहेका बालबालिकाहरुलाई सुरक्षा परियोजना एसभिसि र सिप बिकास तालिम केन्द्र गजुरीको सँयुक्त आयोजनामा थाक्रे गाउँपालिका वडा नम्बर ४ को समन्य तथा युनाईटेड मिशन टु नेपाल धादिङ क्लसटर यूएमएनको सहयोगमा तालिम सम्पन्न भएको हो ।

तालिममा सहभागीहरुलाई सोमबार प्रमाणपत्र समेत बितरण गरिएको एसभिसि परियोजनाका अधिकृत दिलबहादुर रम्तेलले बताउनुभयो । थाक्रे गाउँपालिका वडा नम्बर ४ की वडा सदस्य राधीका सापकोटाको अध्यक्षतामा सञ्चालित कार्यक्रममा सिप बिकास तालिम केन्द्र गजुरीका प्रमुख पुरुषोत्तम पाण्डे, सिड्स नेपाल धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेति लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा २ महिने अपग्रेटिङ तथा एड्भान्स तालिमको पनि उद्घाटन गरिएको छ । यसमा १७ वटा आधारभुत बिषयहरुमा रहेर सिकाई हुने एसभिसि परियोजनाका कार्यक्रम अधिकृत दिलबहादुर रम्तेलले बताउनुभयो ।

Facebook Comments