माघ ६, धादिङ ।
धादिङबेशीमा रहेको न्यु किबो बोर्डिङ स्कुलले सोमबारदेखी खेलकूद सप्ताह सुरु गरेको छ ।

सोमबार विभिन्न झाँकी सहित बिद्यालयबाट सुरु भएको ¥याली धादिङ्बेसि पुच्छार बजारमा मार्चपास गर्दै बिद्यालयमा गएर अन्त्य गरिएको बिद्यालयका खेल शिक्षक बिकास कोइरालाले जानकारी दिनुभयो ।

बिद्यालयका प्रीन्सिपल प्रयास रेग्मीले कक्षा १–५ को जुनियर फुटबलको बल संचालन गर्दै खेलकुद सप्ताहको उद्घाटन गर्नुभएको थियो ।

माघ १० गते सम्म चल्ने खेलकुद सप्ताहमा मिनि म्याराथन, हाइजम्प, लङ्जम्प, बास्केटबल, टेबलटेनिस, पोटबल, भलिबल, फुटबल, सट्पुट, लगायत ३० भन्दा बढी खेलहरु खेलाइने विद्यालयले जनाएको छ ।

 

Facebook Comments