
माघ ९, धादिङ ।
मंगलबार निलकण्ठ नगरपालिकाको वडा नम्बर ८ स्थित मैदि भञ्ज्याङ नजिक भएको दुर्घटनाका मृतक प्रती नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धी. धादिङले दुख व्यक्त गरेको छ ।
आज एक शोक वक्तव्य जारी गर्दै दुर्घटनामा परि ६ जना गुरुङ दाजुभाईहरुको असामयिक निधन भएको घटनाले अत्यन्तै मर्माहित हुनुका साथै गुरुङ समुदाय र सिङ्गो धादिङले ठुलो मानविय क्षेति व्यहोर्न परेको नेपाल तमू गुरुङ विद्यार्थी छोंज र्धी धादिङका अध्यक्ष दोलख गुरुङद्वारा हस्ताक्षरितक वक्तव्यमा उल्लेख छ ।
साथै यस शोकको घडीमा दिवंगत हुनेहरु सबैको आत्माको चिर शान्तीको कामना गर्दै शोकसन्तप्त सबै परिवारजन, आफन्त ईष्ट मित्रहरु प्रति गहिरो समवेदना व्यक्त गरेको छ । मंगलबार ज्वालामुखी गाउँपालिकामा अवस्थित मण्डलीमाईको पुजापाठ गरि फर्कने क्रममा ग १ ख ८०१२ नम्बरको आईचर ट्रक मैदीभन्ज्याङ नजिक सडकमा पल्टिएर दर्घटना भएको थियो । दुर्घटनामा परि ७ जनाको मृत्यु र ३७ जना घाईते भएका छन् ।