धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ४ मा रहेको आमाको माया छात्राबासका बालबालिकाहरुलाई विहिबार शैक्षिक सामाग्री तथा फलफुल वितरण गरिएको छ ।

मिस धादिङ आईडल २०२० की बिजेता रोहन्सा श्रेष्ठले आफ्नो दाई रोहन श्रेष्ठको जन्म दिनको अबसर पारेर विहिबार छात्राबासमा रहेका बालबालिकाहरुलाई २५ हजार बराबरको शैक्षिक सामाग्री तथा फलफुल वितरण गर्नुभएको हो । विजेता श्रेष्ठले सामाजिक कार्यमा रुचि रहेकोले मिस धादिङ आईडल २०२० पछि विहिबार विद्यार्थीका लागि शैक्षिक सामाग्री वितरण गरेको बताउनुभयो ।

यसैगरि आगामी दिनहरुमा पनि सामाजिक कार्यलाई निरन्तरता दिने श्रेष्ठको भनाई छ । मिस धादिङ जस्तै अन्य प्रतियोगिताहरु जस्तो मिस नेपालहरुमा पनि सहभागी हुनको लागि आफुले विभिन्न कोर्ष लिइरहेको उहाँले बताउनुभयो । आफुसँग क्षमता छ भने क्षमताको कदर हुने रहेछ । उहाँले भन्नुभयो– परिवारको साथ र सहयोगले सफलता हात पारेको हो । जसको जन्मदिने आमाबुबा नै छैन । जो समस्यामा छन् । उनीहरुलाई सहयोग गर्न पाउदा खुषी लागेको छ श्रेष्ठले भन्नुभयो ।

त्यस्तै, रोहन्साका आमा संगिताले छात्राबासमा सहयोग गर्न लगाएर छोराछोरीलाई सामाजीक कार्यमा लाग्न उत्पे्ररणा जगाएको बताउनुभयो । छोराछोरीलाई आफुले दिने संस्कार अनुसार नै चल्ने हुदा सामाजिक कार्यमा लाग्न प्रेरित गरेको बताउनुभयो ।

Rose Marry Child Care Boarding School सञ्चालन गर्दै आउनुभएकी श्रेष्ठले अर्काे वर्षदेखि छात्राबासका २ जना बालबालिकालाई पढाइदिने समेत बताउनुभएको छ । छात्राबासको निति नियम कस्तो छ । २ जना बालबालिकालाई पढाइदिन मिल्ने भए सहयोग गर्ने उहाँले बताउनुभयो । विं.सं २०७४ सालमा स्थापना भएको छात्राबासमा धादिङ लगायत थुप्रै जिल्लाका २२ जना बालबालिकाहरु रहेका छन् । फलफुल तथा शैक्षिक सामाग्री पाएसँगै उनीहरु पनि खुषी भएका छन् ।

Facebook Comments