
फागुन २८, धादिङ ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ वँगैचामा बुधबारदेखी अनन्त सव रेमिट प्रा.लि संञ्चालनमा आएको छ । ग्रामिण भेगका नागरिकलाई घरदैलोमै सेवा दिने उद्देश्यले रेमिट संञ्चालनमा आएको अनन्त सव रेमिट प्रा.लिका प्रवन्ध निर्देशक शिशिर दनैले जानकारी दिनुभयो ।
अब देश तथा विदेशबाट आफन्तले पठाएको रकम लिन सदरमुकाम धादिङवेशीसम्म धाउनुपर्र्ने बाध्यतालाई कम गर्न रेमिट संञ्चालनमा ल्याएको प्रवन्धक दनैले बताउनुभयो । अध्यक्ष शम्भुकुमार थापाले रिवन काटेर रेमिटको उद्घाटन गर्नुभएको हो ।

रेमिटको उद्घाटन गर्नुहँुँदै गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाले युवा पिडिले गरेको यस्ता सिर्जनशिल कामको जती प्रशंसा गरेपनि नपुग्ने बताउनुभयो । अब हरेक युवाहरुले स्वदेशमै बसेर यस्तै सिर्जनसिल काम गर्नुपर्ने बताउनुभयो । नेपाल सरकार, सहकारी र यस्ता निजि संस्थाको समन्वयबाटनै नेपाल सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल हुने भन्दै बुधबारदेखि संञ्चालनमा आएको अनन्त सव रेमिट सेवाको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

यस्तै गाउँपालिकाकी उपाध्यक्ष देवि वुर्लाकोटीले पनि शुभकामना दिँदै विदेशमा दुख गरेर कमाएको पैसाको सहि सदुपयोग गर्न नागरिकलाई सचेत गराउन पनि आग्रह गर्नुभयो । बुधबार अनन्त सव रेमिट प्रा.लिबाट २० जनाले सेवा लिएका छन् । त्यस ठाउँका धेरै जसो युवाहरु विदेश तथा घर भन्दा बाहिर रोजगारीको शिलशिलामा रहेकाले उनीहरुलाई लक्षित गरेर सेवा सुभारम्भ गरिएको पनि प्रवन्ध निर्देशक दनैले बताउनुभयो ।

रेमिट संञ्चालनमा आएसँगै सल्यान्टार, त्रिपुरेश्वर, खहरे, मुलपानी, गंगाजमुना लगायतका उत्तरी धादिङका नागरिकहरुलाई सहज हुनेभएको छ । रेमिटबाट आईएमई, सिटि एक्सप्रेस, प्रभु मनि ट्रान्सफर, हिमाल रेमिट, जीएमई लगायतका रेमिट्यान्स सुविधा रहेको प्रवन्धक शिशिर दनैले जानकारी दिनुभयो ।