
चैत ९ ,धादिङ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नंं ६ स्थित गौँडेखोलामा मोटरसाईकल दुर्घटना हुदाँ वडाध्यक्ष सहित २ जना गम्भिर घाइते भएका छन् ।
धादिङको गल्छि गाउँपालिकाबाट सुनौलाबजार हुदैँ धादिङबेशी आउदै गरेको प्रदेश ०३–००२००१ ब ०४२२ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परि घाईते हुनेमा गल्छि गाउँपालिका वडा नंं १ का वडाध्यक्ष पुर्ण प्रसाद खतिवडा र सोहि ठाउँका रामहरी खतिवडा रहेका छन् ।
घाईते दुवै जनालाई उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौँ स्थित ग्राण्डि अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो ।