चैत्र ११, धादिङ ।
महामारीको रुपमा विश्वभर फैलिरहेको कोरोना भाइरस कोभिड–१९ बाट जोगाउन धादिङमा पनि क्वारेन्टाइनको व्यवस्था गरिएको छ । कोरोना भाइरस नियन्त्रण जिल्ला स्तरीय समिति, जिल्ला विपद व्यवस्थापन समिति र जिल्लाका सरोकारवाला निकायको संयुक्त पहलमा क्वारेन्टाइन स्थलको निर्माण गरिएको हो ।
सरकारी परिसरमा निर्माणाधिन वन कार्यालयको भवनलाई क्वारेन्टाइन स्थल बनाइएको रेडक्रस धादिङका कोषाध्यक्ष कृष्णप्रसाद लम्सालले बताउनुभयो ।
धादिङ जिल्लामा कोरोना भाइरसको शंकास्पद व्यक्ति भेटिए क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाईएको धादिङका प्रमुख जिल्ला अधिकारी असमान तामाङ बताउनुभयो ।
आफ्ना वरपर कुनै व्यक्तिमा शंका लागे तुरुन्तै क्वारेन्टाइनमा ल्याउन प्रजिअ तामाङले आग्रह पनि गर्नुभएको छ । धादिङबेसीमा व्यवस्थापन गरिएको क्वारेन्टाइनमा नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाले कपडा तथा विछ्यौनाको व्यवस्था, नीलकण्ठ नगरपालिकाले खानेकुरा र स्वास्थ्य कार्यालयले स्वास्थ्य सेवाको व्यवस्था गर्ने जिम्मेवारी लिएको रेडक्रस धादिङका सभापती नारायणप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।