एक समयमा एक जना थियाे, प्रेम पुजारी,जाे बिल्कुल पुजारी कै तरह थियाे । उसकाे प्रेमिका थिई मन्दिरकी मुर्ति सरह जाे उसले मात्र देख्थ्याे र हरदम पुजा गरिरहन्थयाे । उसलाई त केवल प्रशाद काे पनि आश थिएन बस दर्शन गर्न पाए पुग्थ्याे तर पनि निस्वार्थ आस्था भावले पुजा गरिरहन्थ्याे। एक दिन उसकाे जन्म दिन परेछ, सधैकाे जन्म दिन जस्तै याे बर्षकाे जन्म दिनमा पनि उ राती १२ बजे काे प्रतीक्षा मा थियाे, उ किन १२ बजेकाे प्रतीक्षा मा हुन्थ्याे भने उसकी प्रेम देवता जसलाई उसले निस्वार्थ माया गर्छु भन्थ्याे नि हाे उनले उसलाई शुभकामना सन्देश पठाउँथी, यसपालि पनि उ माेवाईल काे वाईफाई बन्द गरेर छातीमा सिरानी राखी घाेप्टाे परेर आँखा सम्म नझिम्क्याई एकाेहाेराे टुलु टुलु हेर्दै आधा घण्टा सम्म बस्याे तर सन्देश आएन अनि निरास मुद्रामा माेबाईल भुईमा फ्यालेर आँखा रसिलाे बनाउदै सुत्ने तरखरमा पुग्छ.

उसलाई अरुकाे आश पनि थिएन अनि अरु काेहि पनि उसका थिएनन् जसले उसलाई राती शुभकामना दिएर जुग जुग बाँच्ने सन्देश दिन्छन्, मनमा विभिन्न कुरा खेलाउँदै उ सुत्न काेशिश गर्छ तर उ उनैलाई याद गर्दै दायाँ बायाँ काेल्टे फेरिरहन्छ । निदाउनै नसकेपछि उसले रातकाे २ बजे तिर वाईफाई अन गर्छ तब “टुङ टुङ” ले उ एकदमै उत्साहि हुन्छ र हेर्छ उनकाे सन्देश. उ सन्देश पढ्दै जान्छ अनि आँखाबाट आँसु पनि बरर खस्दै जान्छ , उसलाई क्षणभर मै उनलाई कसिलाे अङ्गालाे मा बाँधेर भन्न मन हुन्छ “हे प्यारी मान्छे, धन्यवाद ! संसार मै तिमी एकली छाै जसले मेराे जन्मदिन जन्मदिन जस्ताे बनाउछाै,याे पुर्णिमा खाेज्दै हिडेकाे अन्धकार रात मा तिमी दियाे बालेर सधै मेरा मुहारमा उज्याला खुसिकाे लहरा ल्याईदिन्छाै” “”हे प्रिया युगाै युग सम्म हाम्राे बाेलि नमिसिएला तर मेराे माया निस्वार्थ छ, जीवन काे प्रत्येक पलहरुमा तिम्राे साथ खाेज्ने मुटु आज तिम्राे सन्देश पर्खाई मा पनि उत्तिकै तेज धड्किरहेका थिए जुन दिन देखि तिमीलाई मन पराउन थालेकाे थिय,””

तर उ लाचार थियाे, फाेन नम्बर हुदा हुँदै पनि उ सँग फाेन गर्ने आँट थिएन, कैयौं पटक नउठिएका रिङ्ग का झझल्काे उसकाे मनमा थियाे. साच्चै उनी बिना उ अपुराे थियाे, नुन नलागेकाे मासु जस्ताे, चार्ज सकिनै लागेकाे माेबाईल जस्ताे अनि पैसा सकिएकाे वाईफाई जस्ताे…

उ निक्कै भावुक हुँदै शब्द शब्द केलाएर उनकाे सन्देश पढसक्छ अनि अनि बररर आँशुका थाेपा झार्दै लेख्छ ” धन्यवाद ! सानू,”। उ त्याे दिन निदाउने वाला त थिएन तर रात छिप्पिसकेकाले एक ग्लास मनताताे पानी पिउदै उनकाे सन्देश कपि मा उतार्छ अनि माेबाईलमा भएकाे उनकाे 2/4 ओटा पुराना फाेटाे हेर्दै छातीमा लपेटेर उनलाई सम्झदै निदाउने काेशिश गर्छ र फाेटाे लाईपनि सुटुक् भन्छ “शुभरात्री मायालु”✍️✍️✍️

साभार : उपेन्द्र ढकालको ब्लगबाट✍️✍️

Facebook Comments