२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

लकडाउन वैशाखसम्म लम्बीयो

लकडाउन वैशाखसम्म लम्बीयो
A traffic policeman walks in a road on the deserted Durbar Marga in Kathmandu as a lockdown is imposed to contain the coronavirus disease (COVID-19) in Nepal, on March 24, 2020. Photo: Suresh Chaudhary/THT
सेयर गर्नुहोस्
०सेयर

सरकारले लकडाउनको समयावधि आगामी वैशाखसम्म ३ थप गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले लकडाउनको समय दोस्रो पटक ८ दिन थप गर्ने निर्णय गरेको हो ।

कैलाली, कञ्चनपुरमा पछिल्लो समयमा भेटिएका नोबेल कोरोना भाइरस अर्थात कोभिड १९ सङ्क्रमित र उनीहरुका कारण जोखिममा रहेको जनसङ्ख्याका बारेमा समेत मन्त्रीपरिषदमा समीक्षात्मक छलफल भएको थियो ।

पछिल्ला सङ्क्रमितका गतिविधि यसअघि भीडभाडमा चलायमान रहेको पाइएका कारण सुदूरपश्चिममा थप सावधानी अपनाउने र जाँचमा तीव्रता दिनुपर्ने बारेमा मन्त्रिपरिषद् बैठकमा कुरा उठेको थियो । सरकारले पहिलो पटक थपेको लकडाउनको समयावधि भोलि राति १२ बजे सकिनेछ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।