
चैत्र २५, धादिङ ।
कक्षा १२ र ११ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार दिउँसो बसेको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि परिक्षा स्थगित गरेको हो ।
कोरोना भाइरसका कारण देश बन्दाबन्दीमा रहेकोले तत्कालका लागि परीक्षा तालिका स्थगित गर्ने निर्णय भएको बोर्डले जनाएको छ । सरकारले बन्दाबन्दी खोलेपछि मात्र अर्को सूचना जारी हुने बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणि पौडेलले बताउनुभयो । बोर्डले आगामी वैशाख आठ गतेबाट कक्षा १२ र वैशाख २१ गतेबाट कक्षा ११ को परीक्षा तालिका तोकेको थियो ।
कक्षा ११ र १२ मा करिब नौ लाख ६२ हजार परीक्षार्थी रहेका छन् । कोभिड–१९ का कारण चैत ६ गतेबाट हुने एसईई परिक्षा पनि रोकिएको छ । चार लाख ६२ हजार विद्यार्थी एसईईको तयारीमा रहेका थिए ।