२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नगरपालिकाको खाना खुवाउने कार्यक्रम प्रशासनले रोक्यो

नगरपालिकाको खाना खुवाउने कार्यक्रम प्रशासनले रोक्यो
सेयर गर्नुहोस्
०सेयर

विश्वभर फैलिरहेको कोरोना भाईरस आर्थत कोभिड १९ रोकथाम तथा नियन्त्रणको लागि देश लकडाउनमा छ । लकडाउनका कारण विहान वेलुका खाना नपाउनेहरु विपन्न गरिव तथा ज्यालामजदुरी गरेर खानेहरुको लागि निलकण्ठ नगरपालिकाले मेसमा खाना खुवाउने व्यवस्था ग¥यो ।

बुधबार सुरुको दिनमा ६६ जनाले खाना खाएका थिए भने विहिबार २ सय जना विपन्न तथा ज्यालामजदुरी गरेर दैनिकि चलाउँदै आएकाहरु खाना खाने तयारीमा थिए । तर स्थानिय प्रशासनले नियम विपरित नगरपालिकाले खाना खुवाएको भन्दै विहिबार खानापकाउने भाडाकुडा लगायतका सामाग्री जफत गरेको छ । प्रहरीको सहायताले उक्त भाडाकुडा प्रशासनले जफत गरेको हो ।

घर घरमा राहत वितरण गर्ने रकम अभाव भएकाले नगरबासी कोही पनि भोको हुन नपरोस् भन्ने उद्देश्यले विभिन्न ठाउँमा मेसको व्यवस्था गरेर नगरपालिकाले खाना खुवाउने व्यवस्था गरेको थियो । सामाजिक दुरी कायम गर्दै नियमलाई आत्मासाथ गर्दै खाना खुवाईरहेको अवस्थामा प्रशासनले कुनै सरसल्लाहा विनानै भाडा कुडा जफत गर्नु दुखको कुरा भएको नगरपालिका प्रमुख ढुङ्गानाको भनाई छ । खाना खुवाउने भनेर जानाकारी गराउदा पनि भाडाकुडा जफत गर्नु प्रशासनको दादागिरि भएको भन्दै नगरपालिका प्रमुख ढुङ्गानाले आक्रोस पोख्नुभयो ।

नगरपालिकाको काम नेपाल सरकारले राहत सम्बन्धी बनाएको कार्यविधि अनुसार नभएकाले भाडाकुडा जफत गरिएको प्रमुख जिल्ला अधिकारी तामाङले स्विकार गर्नुभयो । स्थानिय प्रशासन ऐन २०२८ दफा ६ (३) अनुसार यस्तो अवस्थामा मानिस जम्मा गर्न पाइने व्यवस्था छैन । तर नीलकण्ठ नगरपालिकाले मेसमा खाना खुवाएर सरकारले घोषणा गरेको लकडाउनको पनि उलंघन भएको प्रमुख जिल्ला अधिकारी तामाङ भन्नुहुन्छ । तर नगरपालिकालाई खाना नखुवाउन आग्रह गर्दा गर्दै पनि अटेर गरि निषेधाज्ञ तोडेपछि भाडाकुडा जफत गर्न बाध्य भएको बताउनुहुन्छ प्रमुख जिल्ला अधिकारी तामाङ ।

अहिले राष्ट्र कोभिड १९ को संक्रमणकालिन अवस्थामा छ । यो अवस्था सामना गर्न देश लकडाउनमा छ । यस्तो वेला के गर्ने, के नगर्ने भन्ने अन्योलता स्थानिय तहमा बढि देखिएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।