२०८३ मंसिर १४, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुग्यो

नेपालमा थप २ जनामा नोबेल कोरोना भाइरस अर्थात कोभिड १९ भएको पुष्टि भएको छ । आज प्रदेश ५ का २ जनामा कोरोना पुष्टि भएको हो ।

रुपन्देहीका एक २५ वर्षका युवा र बाँकेका ६० वर्षका पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ५९ पुगेको मन्त्रालयका सहायक प्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार दुवैजना नयाँ सङ्क्रमितको अवस्था सामान्य रहेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।