जिल्ला अदालत धादिङले गैरकानुनी रुपमा प्रवृत्त धारणा राखेर बन्दी बनाइएका भोजपुर जिल्लाका तीर्थ बहादुर राइलाई थुना मुक्त गर्न फैसला गरेको छ ।

गत वर्ष २०७६ साल फागुन २० गते पक्राउ परेका राइलाई २५ दिनसम्म हिरासतमा राखी अनुसन्धान गर्न पाउने कानुनी व्यवस्थाअनुरुप २०७६ सालकै चैत महिनाको १३ गते सरकारी वकिल कार्यालय धादिङले जिल्ला प्रशासन कार्यालय धादिङमा अभियोग पत्र दर्ता गरेको थियो । जिल्ला प्रशासन कार्यालय धादिङले पनि अभियोग पत्र दर्ता गरी कोरोना भाइरस अर्थात कोभिड १९ को कारण देखाउदै थुनछेक आदेश जारी नगरि थुनामा नै राखेको थियो ।

यसरी गैरकानुनी ढंगबाट राइलाई पक्राउ गरेको भन्दै धादिङ जिल्ला अदालत बार इकाइ र जिल्ला स्तरिय मानव अधिकार अवस्था अनुगमन समिति धादिङको तर्फबाट अधिवक्ता रामकृष्ण अधिकारीले अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नभएको थियो । रिटको आधारमा जिल्ला अदालत धादिङले राईलाई रिहा गर्न आदेश जारी गरेको हो ।

Facebook Comments