कात्तिक २९, धादिङ ।
धादिङमा मंसिर १० गते हुने प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनको तयारी तिव्र रहेको जिल्ला निर्वाचन कार्यलय धादिङले जनाएको छ । निर्वाचनका लागि कार्यलयमा व्यवस्थापनको सम्पूर्ण कामहरु आउने हुनाले निर्वाचन कार्यलय अहिले यतिखेर सामग्री व्यवस्थापन र मतदाता शिक्षा कार्यक्रममा लागेको जिल्ला निर्वाचन कार्यलय धादिङका निर्वाचन अधिकारी ईश्वर सिंखडाले जानकारी दिनुभयो ।

निर्वाचन स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहीत बतावरणमा सम्पन्न हुनुपर्छ भन्ने मुल उद्देश्य भएकाले आफुहरु अहिले मतदातालाई सुसुचित गरेर आफ्नो मतको प्रयोग कसरी गर्ने भन्ने बारेमा सचेतना जगाउने काम गर्ने गरेको उहाँले बताउनु भयो ।

जसका लागि मतदात स्वयसेवक खटाएर जिल्ला भरि नै अभियानकै रुपमा मतदाता शिक्षा कार्यक्रम संचालन गरेको उहाँको भनाई छ । त्यसैगरी मिडियाहरु मार्फत पनि मतदातहरुको हक अधिकारको बारेमा जानकारी गराएको निर्वाचन अधिकारी सिंखडाले बताउनु भयो ।

मतदाताले शान्तिपूर्ण रुपमा मतदान गर्ने पाउने बतावरण बनाउनको लागि आफुहरुले सुरक्षाका सम्पूर्ण निकायहरुसगँ समन्वय गरेको पनि उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी संवेदनशिल ठाउँहरुको सुरक्षाका लागि प्रशासन, प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मीहरु सगँको समन्वय गरेर कसरी शान्ति सुरक्षा कायम गर्ने भन्ने कुराको पनि योजनाबद्ध रुपमा काम गरेको बताउनु हुदै उहाँले नजिकिदै गरेको प्रतिनिधी सभा तथा प्रदेशसभा निर्वाचनमा सवै मतदाताले भयरहित बातावरणमा आफ्नो मतको प्रयोग गर्न सवै मतदातालाई आग्रह समेत गर्नु भयो ।

Facebook Comments