कात्तिक २९,काठमाडौं –
वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे पक्राउ परेका छन् । विभागका शाखा अधिकृत कृतिबल्लभ पौडेल र नासु खड्गबहादुर केसीलाई पक्राउ गरेको एक दिन पनि नबित्दै पाण्डेलाई पक्राउ गरिएको हो ।
पौडेल र केसीलाई बानेश्वरमा हरेको इन्द्रेणी फूडल्याण्डबाट १० लाख रुपैयाँ घुस लिँदै गर्दा मंगलबार पक्राउ गरिएको थियो । उनीहरुकै बयानका आधारमा महानिर्देशक पाण्डेलाई पक्राउ गरिएको अख्तियारका सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयाे । रोक्का कारबाही फुकुवा गर्न उनीहरुले एक म्यानपावर कम्पनीबाट पैसा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।