कोरोना भाइरस  अर्थात् कोभिड(१९) को संकमणका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ । पाल्पा जिल्लाको पूर्वखोला गाँउपालिका वडा नम्वर १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो ।

उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो । क्वारेन्टाइनमा रहदा स्वास्थ्यमा समस्या आएपछि तानसेनस्थित मिसन अस्पताल पु¥याइएको थियो । मृत्युपछि  स्वाब परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

यो सँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । यसअघि कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक, अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक र दोलखाका १ जना गरि ९ जनाको मृत्यु भइसकेकोे  छ ।

 

पछिल्लो २४ घण्टामा थप तीन सय ३४ जनामा कोरोना संक्रमणको पुष्टि

पछिल्लो २४ घण्टामा थप तीन सय ३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित जानकारीका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप तीन सय ३४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

यससँगै संक्रमितको संख्या दुइ हजार ६ सय ३४ पुगेको छ । डा. देवकोटाले दिएको जानकारी अनुसार संक्रमित हुनेमा दैलेखका एक सय १३, रौटहटका ६५, बाँकेका ४२, कपिलवस्तुका २९, दाङका १५, सप्तरीका १३, बागलुङका १० जना रहेका छन् । विहिबार संक्रमित हुनेमा बाराका सात, धनुषाका ६, झापाका र बाराका पाँच–पाँच, पर्वतका चार, डोटी, खोटाङ, सर्लाही र महोत्तरीका तीन–तीन, मोरङका दुइ, ताप्लेजुङ, सिन्धुली, म्याग्दी, पर्सा, स्याङ्जा र मुगुका एक–एक जना रहेका छन् ।

विहिबार सम्म क्वारेन्टाइनमा रहनेको संख्या एक लाख ६१ हजार दुइ ६२ रहेको छ । त्यसैगरी आइसोलनमा दुइ हजार तीन सय ३५ जना रहेका छन् । २४ घन्टामा डिस्चार्ज हुनेमा थप १२ जना रहेका छन् । यससंगै डिस्चार्ज हुनेको संख्या दुइ सय ९० रहेको छ । नारायणी अस्पतालबाट पाँच जना र कलैया अस्पतालबाट सात जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार आजसम्म नेपालमा दु्रत विधिबाट एक लाख २५ हजार पाँच सय ६४ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ८४ हजार एक सय ३४ परीक्षण गरिएका छन् ।

Facebook Comments